वाणिज्य बैंकले मुद्दाती खातामा १२ प्रतिशत व्याज दिए, निक्षेपको व्याजदर पाँच वर्षयताको उच्चतम विन्दुमा, विकास बैंक, वित्त कम्पनी, लघुवित्त तथा सहकारीलाई व्याज बढाउन दवाव

  २०७३ माघ ११ गते १०:२२     विकासन्युज

काठमाडौं, ११ माघ । वित्तीय क्षेत्रमा लगानी योग्य पुँजीको अभाव बढ्दै जाँदा वाणिज्य बैंकहरुले १२ प्रतिशत व्याजमा निक्षेप संकलन गर्न थालेका छन् । मंगलबार एनआईसी एशिया बैंकले एक वर्ष मुद्दती खातामा १२ प्रतिशत व्याज दिने बचत योजना सार्वजनिक गरेको छ । त्यस्तै एनसीसी बैंकले चार महिना अवधिको लागि १२ व्याजदरको मुद्दती योजना सार्वजनिक गरेको छ ।
nic_ashiya
पछिल्लो पाँच वर्षयता वाणिज्य बैंकले निक्षेपकर्तालाई दिएको यो उच्चतम दर हो । वाणिज्य बैंकहरुले नै निक्षेपमा १२ प्रतिशत व्याज दिन थालेपछि विकास बैंक, वित्त कम्पनी, लघुवित्त तथा सहकारीहरुको लागि निक्षेपमा व्याज बढाउनु पर्ने दवाव सिर्जना भएको छ ।

एनआईसी एशियाले १ लाख न्यूनतम बचत गर्ने व्यक्तिगत निक्षेपकर्तालाई १२ प्रतिशत व्याज दिने र व्याज मासिक भुक्तानी गर्ने योजना ल्याएको हो । एक वर्षे मुद्दती खातामा राखेको पैसामा आवश्यक पर्दा ८० प्रतिशत सम्म कर्जा लिन मिल्ने सुुविधा पनि बैंकले दिएको छ ।
ncc-intrerest-rate
त्यस्तै, एनसीसी बैंकले मुद्दती खातामा १२ प्रतिशत व्याज दिएको छ । केही समय अघि सिभिल बैंकले ११.१ प्रतिशत व्याजमा १११ दिने मद्दती बचत माग गरेको थियो ।

एनसीसी बैंकले न्यूनतम एक लाख बचत गर्नेलाई वार्षिक १२ प्रतिशत व्याज दिने गरी छोटो अवधिका निक्षेप माग गरेको छ । बैंकले १२० दिने (चार महिना) अवधिको लागि उच्च व्याजदरको निक्षेप संकलन गर्न लागेको हो । बैंकले देशभरका ९६ वटै शाखामा उक्त निक्षेप सुविधा दिने जनाएको छ । सो मुद्दतीमा ९० प्रतिशत कर्जा सुविधा हुने र त्रैमासिक व्याज भुक्तानी दिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.