राष्ट्रिय बाणिज्य बैंक र एनआइडीसी डेभलपमेन्ट बैंक मर्ज अन्तिम चरणमा

  २०७३ माघ १० गते १२:५७     विकासन्युज

rbb+nidcकाठमाडौं, १० माघ । राष्ट्रिय बाणिज्य बैंक र एनआइडीसी डेभलपमेन्ट बैंकबिचको मर्ज प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

राष्ट्रिय बाणिज्य बैंककको ५२ औं बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री कृष्ण बहादुर महराले यी दुई बैंकबिच मर्जको प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका हुन् ।

मन्त्रि महराले भने–‘चालु आर्थिक बर्षभित्रै राष्ट्रिय बाणिज्य बैंक र एनआइडीसी डेभलपमेन्ट बैंकबिच मर्ज हुन्छ, त्यसको फाइलमा हस्ताक्षर गरिसकेँ, अबको मन्त्रिपरिषद बैठकबाट पारित गराउँछु ।’

दरबार मार्गमा केन्द्रिय कार्यालय रहेको एनआइडीसी डेभलपमेन्ट बैंक यथेष्ठ अचल सम्पति रहेको सरकारी बैंक हो ।
यसैबिच, चालु आर्थिक बर्षभित्रै राष्ट्रिय बाणिज्य बैंकले ३० प्रतिशत साधारण सेयर निष्काशन गर्ने पनि मन्त्री महराले बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.