सुधारको बाटोमा भिबोर सोसाइटी डेभलपमेन्ट बैंक, ६ महिनामा कमायो ११ करोड २३ लाख

  २०७३ माघ १० गते १२:०१     विकासन्युज

vibor-society-dev-bankकाठमाडौं, १० माघ । भिबोर सोसाइटी डेभलपमेन्ट बैंकले चालु आर्थिक बर्षको पुस मसान्तस भित्रै ११ करोड २३ लाख नाफा कमाउन सफल भएको छ । बैंकले सो अवधीमा ६९ करोड २४ लाख ब्याज आम्दानी गरेको छ भने ४० करोड ब्याज खर्च गरेको छ ।

बैंकले चालु आवको ६ महिनामा १५ अर्ब ३९ करोड निक्षेप संकलन गरेर १३ अर्ब २१ करोड कर्जा प्रवाह गरेको देखिन्छ ।
एक अर्ब ८७ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १८ करोड रुपैंयाँ रहेको छ । बैंकको खराब कर्जा २ दशमलब १७ प्रतिशत मात्रै रहेको छ भने सीडी रेसियो ७७ दशमलब १० रहेको छ । बैंकको प्रति सेयर आम्दानी १२ रुपैंयाँ ३८ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १०६ रुपैंयाँ ६ पैसा रहेको छ ।

केहि महिना अघि मात्रै भिबोर डेभलपमेन्ट बैंक र सोसाइटी डेभलपमेन्ट बैंकबिच मर्ज भएर भिबोर सोसाइटी डेभलपमेन्ट बैंक बनेको हो । खराब अवस्थाबाट गुज्रिरहेका दुई बैंक मर्ज भएर बनेको भिबोर सोसाइटी डेपलपमेन्ट बैंक क्रमशः सुधारको बाटोमा अघि बढिरहेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.