हिमालय एअरलाईन्सको काठमाडौं-कोलम्बो-काठमाडौं नयाँ उडान शनिबारदेखि शुरु

  २०७३ माघ ७ गते १८:०६     विकासन्युज

काठमाडौं, ७ माघ । हिमालय एअरलाईन्सले आफनो यात्रुहरुको सेवाको लागी यही २१ जनवरी देखि अप्रिल ०४ सम्म काठमाण्डौ-कोलम्बो-काठमाण्डौ मार्गको नयाँ उडान तालिकापुनःघोषणा गरेको छ ।

नयाँ उडान तालिकाअनुसार, उडान नँ एचनाइन ६७३ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, काठमाण्डौबाट १६:००स्थानिय समयमा प्रस्थान गरी १९:३० स्थानिय समयमा बन्दर नायक अन्तराष्ट्रिय विमानस्थल, कोलोम्बोमा अवतरण गर्नेछ ।

त्यसैगरी कोलोम्बोबाट उडान नँ एचनाइन ६७४ को सोहि विमान २०:३० स्थानिय समयमा उडेर २३:४५ मा स्थानिय समय काठमाण्डौमा अवतरण गर्नेछ । यस एअरलाईन्सको ए३२०-२१४ साताको दुई दिन मँगलबार र शनिवार उडान गर्दछ । जसमा ८ वटा विजनेस क्लास र १५० वटा इकोनोमीक्लास सिट क्षमताको रहेको कम्पनीले जनाएको छ ।

उडान तालिका परिवर्तनको टिप्पणी गर्दै भाइस प्रेसिडेन्ट विजय श्रेष्ठले भने, “बन्दरनायक अन्तराष्ट्रिय विमानस्थले जनवरी ६ देखि अप्रिल ६ सम्मआफ्नो रन वे मर्मत काकारण ८३० देखि १६३० स्थानिय समय सम्मप्रत्येक दिन बन्द गरीएकाले, हामी आफना यात्रुको सेवालाई मध्यनजर गर्दे आफनो उडान तालिका परिवर्तन गरेका हौ । हाम्रो यात्रुहरुलाई पर्न गएको असुविधाको कारण हामी क्षमाप्राथ्र्री छौ साथै तपाईको सहकार्यकालागी विनम्र अनुरोध गर्दछौ । ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.