नाडाको इनह्यान्सिङ ट्याक्स तालिम सम्पन्न, कूल ८१ सदस्य फर्महरुको सहभागिता

  २०७३ माघ ७ गते १६:५०     विकासन्युज

काठमाडौं, ७ माघ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको आयोजनामा तालिम सहितको वर्कसप अन इनह्यान्सिङ ट्याक्स स्किलतालिम सम्पन्न भएको छ । शुक्रबार  काठमाडौको ग्राण्ड होटलमा नाडाका निमित्त अध्यक्ष शम्भुप्रसाद दाहालको सभापतित्वमा यो कार्यक्रम सम्पन्न भएको हो ।

nada_program

उक्त तालिममा कूल ८१ सदस्य फर्महरुले आफनो सहभागिता जनाएका थिए । उक्त कार्यक्रममा भन्सार विभागका निर्देशक लावन्यकुमार ढकाल, आन्तरिक राजश्व विभागका निर्देशक राजकुमार खतिवडा तथा सि.ए साहिल अग्रवालले प्रशिक्षण दिएका थिए । कार्यक्रममा नाडाका निमित्त अध्यक्ष दाहालले सहभागिहरुलाई आजको हिसाब आजै राख्न व्यवशायीलाई आग्रह गरे ।

सरकारको प्रतिनिधित्व सहित यस किसिमको तालिम कार्यक्रम आयोजना गरेको पहिलो भएको नाडाले जनाएको छ । खाशगरी अटोमोवाइल खुद्रा व्यवसायीहरुले भोग्नु परिरहेका विविध समस्याहरुमा केन्द्रित रहेर यस किसिमको तालिमको आयोजना गरिएको नाडाका उपाध्यक्ष देबकाजी श्रेष्ठले बताए । उक्त कार्यक्रमबाट धेरै हदसम्म अटोमोवाइल व्यवसायीहरु लाभान्वित भएको नाडाले जनाएको छ । उक्त कार्यक्रमको व्यवस्थापन नाडाका महासचिव  कृष्णप्रसाद दुलालले गरेका थिए  भने सो कार्यक्रमको संयोजन नाडाका कोषाध्यक्ष तथा स्पेयर पार्टस समितिका सभापति सुनिल रिजालले गरेका थिए  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.