टोयोटाको मोर्टस पार्टसको आउटलेट कुलेश्वरमा, जेनियुन पार्टसहरु मात्र बिक्री हुने

  २०७३ माघ ७ गते १३:३४     विकासन्युज

toyotaकाठमाडौं, ७ माघ । युनाइटेड ट्रेर्डस सिन्डिकेट प्रालिले ग्राहकको सुबिधाको लागि काठमाडौंको कुलेश्वरमा मोर्टस पार्टसको आउटलेट सञ्चालनमा ल्याएको छ । कम्पनीका अनुसार उक्त आउटलेटबाट टोयोटाको आधिकारीक जेनियुन पार्टसहरु मात्र बिक्री हुने छन् ।

कम्पनीले अँग्रेजी नयाँ बर्षको अवसर पारेर उक्त नयाँ आउटलेट संचालनमा ल्याएको बताएको छ । यस आउटलेटबाट ग्राहकले टोयोटाको आफ्नै जेनियुन मोटर आयल समेत खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

विगत ५० वर्षदेखि नेपाली उपभोक्तालाई सेवा दिदै आएको यस कम्पनीले आफ्ना ग्राहकले जेनियुन पार्टसहरु सहजरुपमा प्रयोग गर्न पाउन् भन्ने मान्यता राख्दै आएको छ ।

नयाँ बजारमा केहि समय अगाडी खोलिएको पार्टसको आउलेटबाट ग्राहकको सकारात्मक प्रतिक्रिया र माग बमोजिम कुलेश्वरमा नयाँ आउटलेट सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.