डाक्टरलाई प्रोत्साहन गर्दै सरकार, थप ५० प्रतिशत भत्ता दिने घोषणा

  २०७३ माघ ७ गते ८:२१     विकासन्युज

group-of-doctorsकाठमाडौं ७, माघ । सरकारले स्वास्थ्य सेवामा कार्यरत चिकित्सक, नर्स र स्वास्थकरुर्मीलाई अतिरिक्त समयसेवा दिएबापत तलबको ५० प्रतिशतसम्म आतिरिक्त पारिश्रमिक दिने छ ।

सरकारले नयाँ कार्यविधिमार्फत बिदाको दिनसमेत १० देखि ५ बजेसम्म निजी प्राक्टिस गर्न नपाइने र अन्य समयमा बाहिर काम गर्न पूर्वस्वीकृति अनिवार्य लिनुपर्नेसहित यस्स्तो व्यवस्था गर्न लागेको हो ।

दुइ बजेसम्म मात्र खुल्दै आएका स्वास्थ्य संस्थालाई विशेष र संवेदनशील क्षेत्र मान्दै ५ बजेसम्म खुलाउन यस्तो व्यवस्था गर्न लागिएको हो ।

स्वास्थ्य संस्था १० देखि ५ बजेसम्म खोल्ने व्यवस्था गर्न भदौ २३ को प्रधानमन्त्रीको घोषणा र सोही आधारमा स्वास्थ्य मन्त्रालयले पटक पटक निर्देशन दिएको थियो । नागरिक दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.