भारतको मन्दिर निर्माण गर्न पर्यटन बोर्डले किन दियो १६ लाख ?

  २०७३ माघ ५ गते १०:१३     विकासन्युज

काठमाडौं ५, माघ । नेपाल पर्यटन बोर्डले नेपाल आउने हरेक विदेशी नागरिकबाट लिएको पर्यटन सेवा शुल्कको चरम दुरुपयोग गरेको आरोप लागेको छ । नेपालको पर्यटन क्षेत्रको विकास र प्रवद्र्धन गर्न हरेक विदेशी नागरिक नेपाल आएर फर्कदा बोर्डले एक हजार रुपैयाँ यस्तो सेवा शुल्क लिने गरेको छ ।
ntb-3
भ्याटबाहेक बोर्डले संकलन गर्ने यस्तो शुल्क सबै विदेशी पर्यटकले अनिवार्य रुपमा तिर्नैपर्छ । यस्तो शुल्क बापत बोर्डले वर्षेनी कम्तिमा ६० करोड रुपैयाँ संकलन गर्ने गरेको छ । ntb 3

यो रकम हरके वर्ष आउने पर्यटकको संख्यामै भर पर्छ । गत वर्ष सन् २०१६ मा नेपालमा ६ लाख ७३ हजार विदेशी पर्यटक आएको अनुमान छ । यी पर्यटकबाट बोर्डले ७६ करोड रुपैयाँ सेवा शुल्क अशुल गर्छ ।

पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा उठाएको रकम बोर्डले उपलव्धिविहिन योजनामा खर्च गरेको आरोप पर्यटन व्यवसायीले नै लगाउन थालेका छन् । बोर्डले चालू आर्थिक वर्षमा एक अर्ब रुपैयाँ भन्दा बढीको बजेट बनाएको छ । यो रकमबाट पर्यटन प्रवद्र्धन र विकासमा नाममा मठन्दिर र पाटीपौवामा खर्च गरेको फेला परेको छ ।

यस्तो रकम बोर्डले स्रोतको दुरुपयोग गरेको पर्यटन व्यवसायी तथा ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)का महासचिव कर्ण लामाले बताए । उनका अनुसार बोर्डले भारतको मन्दिर बनाउँन नेपालको बजेट खर्च भएको बताए । उनका अनुसार बोर्डले पूर्वधार निर्माण भनेर आफ्नो पहुँच नभएको ठाँउमा पैसा खर्चँदा र आफन्त रिजाउन खोज्दा भारतको मन्दिरका १६ लाख विनियोजन गरेको आरोप लगाए ।

उनका अनुसार पर्यटन हब नभएका ठाउँमा गरिने यस्तो खर्च बोर्डले प्रवद्र्धनत्म खर्चका रुपमा म्याचिङ फण्डका रुपमा थोरै गर्न सक्छ । तर पदयात्रा मर्गमा पनि नगर्ने र महत्व कम भएका ठाउँमा अधिक खर्च गर्नुको कुनै अर्थ हुँदैन । पदयात्रा पर्यटनका गन्तव्यमा गरिएको खर्च र अर्थपूर्ण सम्पदामा गरिएको खर्चलाई भने व्यवसायीले पनि साथ दिने उनको भनाइ छ । बोर्डले रकम दुरुपयोग गर्न थालेकोले अब बोर्डका कर्मचारी कति विदेश जान्छन, कति खर्च गर्न र यसको उपलब्धि के हो भनेर प्रश्न उठेको छ । बोर्डले हाल पदयात्रा व्यवस्थापन टिम्स कार्डमा खर्च गरेको रकम र यसको खोजी पनि गर्न थाल्नुपर्ने उनको भनाइ छ ।

Nepal-Tourism-Boardबोर्डको बजेटका १२ प्रतिशसम्म सम्पदामा खर्च
पर्यटन बोर्डका सदस्य राजेन्द्र सापकोटाले भने प्रडक्ट डेभलपमेन्टमा नयाँ काम गर्न बजेट खर्चिएको बताए । उनका अनुसार सांस्कृतिक महत्व  बोकेको र अन्यन्त महत्वपूर्ण ठाउँमा खर्च गर्नु सामान्य भएको तर्क दिए । बोर्डले बार्षिक १ अर्ब भन्दा बढीको बजेट बनाउँन १० देखि १२ प्रतिशत रकम सम्पदा संरक्षणमा पनि खर्चगर्ने गरेको तर्क सापकोटाको छ ।
उनका अनुसार भारतमा भएको मन्दिर समाजेश्वर महादेव पशुपतिनाथ हो । यो नेपालकै मन्दिर भएको र नेपाले नै बनाएकोले यसमा पुरातत्व विभागको सिफारि लिएर खर्च गरिएको तर्क दिए ।

१ करोडसम्म भारतीय मन्दिरलाई रकम निकासा
पर्यटन बोर्डले गत वर्ष यो मन्दिरलाई ५ लाख दिएको भएपनि यो वर्ष बढाएर १६ लाख पुर्याएको उल्लेख छ । बोर्डका अनुसार यस अघि यो मन्दिरलाई पूर्व पर्यटन मन्त्री बलबहादुर केसीले करोड रुपैयाँसम्म खर्च गरेको पनि उल्लेख छ । पछिल्लो समयमा अझ पैसा घटाएको उल्लेख छ ।

बोर्डका अनुसार यस्तो यो रकम मार्केटिङको बजेटमा हुनुपर्ने सम्पदा निर्माण तथा प्रवद्र्धनमा हुन पुगेकाले पनि बोर्डका सदस्य भित्रै विवाद आएको उल्लेख छ । यस अघि बोर्डको रकम दुरुपयोग गरेर बोर्डको उद्देश्य विपरित राजनीति नेतृत्वलाई रिजाउँन ३ करोड ८१ लाख रुपैयाँ रकम उपलब्धिविहिन योजनामा खर्च गरेको फेला परेको थियो ।

बोर्डले चालू आवको बजेटमा विभिन्न मठ मन्दिर तथा पदयात्रा मर्मत तथा निर्माणका नाममा १ लाख देखि ५ लाख रुपैयाँसम्मको रकम बाँडेको छ । यस्तो रकम नेपालका मठमन्दिरको लागि बढीमा १५ लाख रुपैयाँसम्मको रहेको भएपनि भारतीय मन्दिर निर्माणमा भने १६ लाख रहेको छ ।

पर्यटन बोर्डको बजेट उपलब्धिविहिन योजनामा, बोर्ड सदस्यकै इन्ट्रेसमा पौने चार करोडौं रकम अनुत्पादक क्षेत्रमा 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.