एनसीसी बैंकको डेपुटी सिईओमा बन्दना पाठक नियुक्त, सबैभन्दा ठूलो चुनौति जनशक्ति व्यवस्थापन

  २०७३ माघ ३ गते १५:०२     विकासन्युज

bandana_pathakकाठमाडौं, ३ माघ । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकले डेपुटी सीईओमा बन्दना पाठकलाई नियुक्त गरेको छ । चार वटा विकास बैंक मर्ज भएपछि एनसीसी बैंकले सोही बैंकमा डेपुटी जनरल म्यानेजरको पदमा कार्यरत पाठकलाई डेपुटी सीईओमा प्रमोशन गरेको हो ।

त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए गरेकी पाठकसँग २३ वर्षसम्म बैकिङ क्षेत्रमा निरन्तर काम गरेको अनुभव छ । उनले १३ वर्ष एनसीसी बैंकमा र १० वर्ष नेपाल बंगलादेश बैंकमा काम गरेकी छिन् । निजी क्षेत्रको वाणिज्य बैंकमा डेपुटी सिईओ तहमा पुग्ने संभवत उनी पहिलो महिला बैंकर्स हुन् ।

मर्जमा भएको तीन वटा विकास बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृतहरु राजाराम खड्का, कमल गौतम र रेवन्तकुमार दाहालले डेपुटी जनरल म्यानेजरको भूमिका पाएका छन् । मर्जपूर्व एपेक्स डेभलपमेन्ट बैंकमा प्रमुख कार्यकारी अधिकृत पद खाली थियो ।

एकै पटक पाँच वटा बैंक मर्ज भएकोले यस बैंकमा जनशक्ति व्यवस्थापन निकै चुनौतिपूर्ण काम रहेको छ । नवनियुक्त डेपुटी सीईओ पाठकले यसअघि सोही बैंकमा मानव संशाधन विभाग प्रमुख भएर काम गरेकी थिइन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.