माघे सक्रान्तिको अवसरमा चन्द्रागिरिमा कन्सर्ट, कन्सर्ट अपरान्ह १२ बजेदेखि शुरु

  २०७३ पुष २९ गते १३:११     विकासन्युज

CH-Maghe-Sankrati-Mnemonicकाठमाडौं, २९ पुस ।  नयाँ पर्यटकीय गन्तव्य चन्द्रागिरि हिल्समा माघे सक्रान्तिको अवसरमा कन्सर्ट हुने भएको छ । कन्सर्टमा मायाको डोरीले, ओमिरी जस्ता गितका चर्चित गायक दिपक बज्रचार्य, चर्चित कमेडियन एवम् जादुगर महादेव त्रिपाठी, नृत्यमा चर्चा कमाएको कार्टुन क्रुज आदिको बेजोड प्रस्तुति रहने छ ।

माघ १ गते शनिबार अपरान्ह १२ बजे बाट शुरु हुने उक्त कार्यक्रमको व्यवस्थापक तथा संयोजन दिनेश डिसी प्रोडक्सनले गर्ने आयोजकले जनाएका छन् ।

श्री स्वस्थानी ब्रतकथामा सतिदेवीको निधार पतन भएर उत्पन्न भएको भालेश्वर महादेवको मन्दिर अवस्थित चन्द्रागिरिमा अहिले चन्द्रागिरि हिल्सले केबलकार सहित एकीकृत पर्यटकीय केन्द्र निर्माण गरेको छ । यात्रा, हिमाली शृंखलाका मनमोहक दृश्य, शान्त पहाडको वातावरण , वालबालीकाको लागि विभिन्न निःशुल्क खेलको व्यवस्था चन्द्रागिरि हिल्स लिमिटेड परिसरमा उपलब्ध छन् ।

चन्द्रागिरि केबलकारको भ्रमणमा जाने सबैलाई उक्त कन्सर्टमा निःशूल्क सहभागिताको सुविधा प्रदान गरिने चन्द्रागिरि हिल्सले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.