सानिमा बैंकले बागमती डेभलपमेन्ट बैंक एक्वाएर गर्ने, पूँजी ५ अर्ब रुपैयाँ नाघ्ने

  २०७३ पुष २९ गते १२:३४     विकासन्युज

काठमाडौं, २९ पुस । सानिमा बैंक लिमिटेडले बागमती डेभलपमेन्ट बैंकलाई एक्वाएर (प्राप्ति) गर्ने भएको छ । शुक्रबार सम्पन्न उक्त एक्वाएर पश्चात कम्पनीले सानिमा बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार गर्ने भएका छन् ।

Sanima_acquire_bagmati

उक्त कार्यक्रमको शुभारम्भ सानिमा बैंकको ब्राण्ड प्रवन्धक मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) तथा सानिमा बैंकका संचालक समितिका सदस्य भरतकुमार पोखरोल र महेश घिमिरेले गरेका छन् । अब सानिमा बैंकको शाखा संजालमा हरिवन तथा लालबन्दी शाखाहरु पनि थपिएको कम्पनीले जनाएको छ ।

सानिमा बैंकका संचालक समितिका सदस्यहरुद्वारा प्राप्ति पश्चात सानिमा बैंकले हरिवन र लालबन्दि शाखाबाट पनि सम्पूर्ण बित्तीय सेवा प्रदान गरिने जनाएका छन् ।

प्राप्ति पश्चात बैंकको चुक्ता पूँजी ५ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । साथै, हाल बैंकको शाखा संजाल ४३ वटा तथा एटिएम संख्या ४९ वटा पुगेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.