नेप्से परिसूचक र कारोबार रकम दुबैमा सुधार, दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि

  २०७३ पुष २६ गते १५:३४     विकासन्युज

nepse_tueकाठमाडौं, २६ पुस । मंगलबार सेयर बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा सुधार आएको छ । सो दिन नेप्से परिसूचक १७ दशमलब ९३ अंकले बढेर १४७६ दशमलब ९० अंकमा पुगेको छ । दोहोरो अंकले बढेको बजारमा ३७ करोड ३२ लाख रुपैयाँको सेयर किनबेच भएको छ । सोमबारको तुलनामा मंगलबार ११ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । सो दिन १२६ कम्पनीको ५ लाख ८७ हजार कित्ता सेयर किनबेच भएको छ ।

मंगलबार पनि एनबी इन्स्योरेन्स र कर्नाली डेभलपमेन्ट बैंकको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । एनबी इन्स्योरेन्सको लगानीकर्ताले ९.९९ प्रतिशत र कर्नाली डेभलपमेन्ट बैंकको लगानीकर्ताले ९.७३ प्रतिशत कमाएका छन् । पोखरा फाइनान्सका लगानीकर्ताले ८.८९ प्रतिशत कमाएका छन् ।

बजारमा कारोबार भएका होटल र अन्य समूह बाहेक बाकी समूहको परिसूचक उकालो लागेका छन् । सबैभन्दा बढी बिमा समूहको परिसूचक १६८ दशमलब ८४ अंकले बढेको छ । त्यस्तै, हाइड्रोपावर, बैंकिङ् र विकास बैंक समूहको परिसूचक क्रमशः २०, १८ र १० अंकले बढेको छ । होटल र अन्य समूहको परिसूचक क्रमशः १२ र १.४५ अंकले घटेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.