भिबोर सोसाइटी डेभलपमेन्ट बैंक अन्तर्राष्ट्रिय ‘बेष्ट इन्टरप्राइजेज’ अर्वाडबाट सम्मानित

  २०७३ पुष १९ गते १८:२७     विकासन्युज

काठमाडौं, १९ पुस । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक अन्तर्राष्ट्रिय ‘बेष्ट इन्टरप्राइजेज’ अर्वाडबाट सम्मानित भएको छ । यूरोप विजनेस एसेम्ब्लि(इबिए)द्वारा बैंकलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

oxford-2016_252

साथै इबिएले उक्त डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनाललाई म्यानेजर अफ द इअर समेत घोषणा गरेको छ । भिबोर सोसाइटीलाई बैंक तथा वित्तीय क्षेत्रमा कुशल व्यवस्थापनबाट राष्ट्रका पहाडदेखि तराई र पूर्वदेखि पश्चिमसम्म शाखा संजाल मार्फत सर्वसाधारण जनता सम्म वित्तीय पहुँच पुर्याउन विशेष योगदान पुर्याउन सफल भएकोमा उत्कृष्ट घोषित गरिएको हो । साथै, बैंकले साथै सफल बजार रणनीतिद्वारा आफूलाई बलियो रुपमा उभ्याउन सफल भै आजको ठूलो डेभलपमेन्ट बैंकको रुपमा स्थापित हुन सफल रहेको छ ।

यूरोप विजनेस एसेम्ब्लि एक ६० भन्दा बढी देशहरु सदस्य र साझेदार रहेको यूरोपियन संस्था हो । उक्त पुरस्कार ग्रहण गर्न लण्डनको अक्सफोर्डमा बैंकका अध्यक्ष सुशील राज पराजुली र प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनालको उपस्थिति रहेको थियो ।

हाल बैंकको ४२ वटा शाखा तथा १ एक्स्टेन्सन काउण्टर सहित बृहत संजाल रहेको छ । हाल बैंकको चुक्ता पूँजी १ अर्ब ८२ करोड रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.