श्रीलंका र नेपालबीचको व्यापार तथा पर्यटन प्रवद्र्धन दुबै देशको हितमा: डब्ल्यू एस पेरेरा

  २०७३ पुष १९ गते १७:३७     विकासन्युज

काठमाडौं, १९ पुस । नेपालका लागि श्रीलंकाका राजदुत डब्ल्यू एस पेरेराले मङगलबार नेपाल उद्योग परिसंघका पदाधिकारीसँग सद्भावना भेट गरेकी छन् । परिसंघ सचिवालय थापाथलीमा भएको छलफलमा दुई देश बीच दौत्य सम्बन्ध स्थापनाको ६० वर्ष पुगेको विशेष अवसरमा आयोजना गरिने विभिन्न कार्यक्रम र आर्थिक तथा व्यवसायिक संवन्ध विस्तारमा केन्द्रित थियो ।
sirlanka_nepal_parisang
परिसंघका अध्यक्ष हरिभक्त शर्माले दुई देश बीचको आर्थिक तथा सामाजिक सम्बन्ध सदिऔं पुरानो भएकाले यसलाई बदलिदो परिस्थीतिमा सरकारका साथै नीजि क्षेत्रको पहलमा नयाँ उचाईमा पुर्याउनु पर्ने बताएकन छन् । श्रीलंका र नेपाल राजनीतिक अस्थिरता र आन्तरिक द्धन्द्ध व्यवस्थापन मार्फत आर्थिक रुपान्तरणको दिशामा अगाडी बढेकाले दुबैलाई अस्थिरताको लागत र आर्थिक संमृद्धिको महत्व राम्रा ेसँग थाहा भएको शर्माले बताएका छन् । ‘द्धन्द्ध व्यवस्थापनमार्फत शान्ती स्थापनापछि उच्च आर्थिक वृद्धिसहित समृद्धि हासिल गरिरहेको श्रीलंकाबाट नेपालले सिक्नु पर्छ,’ शर्माले भने ।

आर्थिक कुटनीतिमार्फत दुई देशविचलगानी, व्यापार र पर्यटन विस्तारमाजोड दिनु पर्ने राजदुतपेरेराको भनाई थियो । श्रीलंकाका केही क्षेत्रमा नेपाली उद्यमीको लगानी भएपनि नेपालमा श्रीलंकन लगानी खासै विस्तार हुन नसकेको उनले बताइन । ‘आगामी दिनमा जलविद्युत, पूर्वाधार निर्माण र पर्यटन उद्योगमा लगानी विस्तारका लागि मेरो प्रयास रहनेछ,’ राजदुत पेरेराले भनिन्, ‘त्यसका लागि परिसंघ जस्ता दुबै देशका व्यवसायिक प्रतिनिधि संस्थाको सहयोग अपरिहार्य हुन्छ ।’ भगवान बुद्धको जन्मभुमी नेपाल श्रीलंकाकालागि अहम् आस्थाको केन्द्र भएकाले दुई देशविच शिधा हवाई सम्पर्क विस्तार महत्वपूर्ण हुने उनले बताईन् ।

sirlanka_nepal_parisang1

परिसंघको राष्ट्रिय परिषद सदस्य तथा ऊर्जा विकास परिषदका संयोजक गुरु प्रसाद न्यौपानेले राजदूतावासको पहलमा श्रीलंकार नेपाली व्यवसायीहरुका प्रतिनीधि मण्डल आदान प्रदान गर्न परिसंघ इच्छुक रहेको बताए । परिसंघले आगामी फागुनमा आयोजना गर्न गइरहेको पूर्वाधार शिखर सम्मेलन २०१७ श्रीलंकाबाट उच्चस्तरीय प्रतिनिधि मण्डल ल्याउन दुतावासले समन्वयगर्न सक्ने धारणा राखे ।
राजदुत पेरेराले दुई देशबीचको आपसी सम्वन्ध विस्तार गर्न र आपसी सहकार्यका क्षेत्र पहिल्याउनकालागि आफु सदैव तत्पर रहने बताइन् । सो अवसरमा परिसंघ पदाधिकारीहरुको साथै गभर्निङ काउन्सिल र राष्ट्रिय काउन्सिलका सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.