इन्डोनेसियाका एक विमान चालक निष्कासित, नशामा उडान गरेको आरोप

  २०७३ पुष १६ गते १३:४२     विकासन्युज

इन्डोनेसिया, १५ पुस । इन्डोनेसियाली एक विमान कम्पनीको विमान उडानका लागि तयारी गरिरहेका बेला विमान चालक नशामा भेटिएको भन्ने आरोपपछि आरोपित विमान चालकलाई उक्त विमान कम्पनीले निष्कासन गरेको छ ।

विमान चालक टेकाड पुर्नलाई इन्डोनेसियन बजेट एयरलाइनले सुरावयाबाट आन्तरिक उडानमार्फत एयरबस ३२० मा यात्रा गर्न लागेका एक यात्रुको बयानका आधारमा अनुसन्धान अघि बढाएको थियो । बुधबार विमान उड्नै लाग्दा चालकमाथि नशामा रहेको शङ्का व्यक्त गर्दै विमानबाट झरेपछि अर्को चालकमार्फत उडान गर्न उनले अनुरोध गरेका थिए ।

विमान चालकले विमान उडाउने तयारी गरिरहेको बेला उनको बोली प्रष्ट नभएपछि यात्रुले चालकमाथि शङ्का व्यक्त गरेका हुन् । यसैबीच सीटी लिङ्क कम्पनीका निर्देशक तथा अध्यक्ष अल्बर्ट बुरहान र उत्पादन निर्देशकले पनि उक्त विषयमा आफू दोषी रहेको स्वीकार गर्दै पदबाट राजीनामा दिएका छन् । रासस/एपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.