लिखु-२ जलविद्युत आयोजनालाई साढे ४ अर्ब रुपैयाँ लगानी, ६ बैंक तथा वित्तीय संस्थाबीच सम्झौता

  २०७३ पुष १५ गते १३:३१     विकासन्युज

invenstment_in_lukhu2_aggreकाठमाडौं, १५ पुस । ग्लोबल हाईड्रोपावर एसोसिएट प्रा.लि. ले हाल निर्माण गर्न लागेकोे ३३.४ मेगावाट क्षमताको लिखु-२ जलविद्युत आयोजनाको लागि ४ अर्व ५१ करोड रुपैयाँ कर्जा लगानी जुटेको छ । उक्त आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइमा ६ बैंक तथा वित्तीय संस्थाहरुले सो मात्राको नगद लगानी गर्ने सम्बन्धि सम्झौता गरेका छन् ।

सहभागी बैंक तथा वित्तीय संस्थाहरुको तर्फबाट माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत निरज कुमार श्रेष्ठ र प्रवद्र्धक ग्लोबल हाईड्रोपावर एसोसिएटका तर्फबाट अध्यक्ष मोतीलाल दुगडबीच सम्झौता भएको छ । यो लगानी सम्झौता भएको २/३ महिनाभित्रै आयोजनाका मुख्य संरचनाहरु निर्माण प्रारम्भ गरी २०७७ श्रावण १ भित्रै विद्युत उत्पादन गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।

सहभागी बैंक तथावित्तीय संस्थाहरु मेगा बैंक नेपाल, नेपाल एसबिआइ बैंक, नेपाल बङ्लादेश बैंक, एभरेष्ट बैंक र भिवोर सोसाइटी डेभलपमेण्ट बैंक रहेका छन् । आयोजनाको लगानी संरचनाअनुसार कुल लागत ६ अर्व २ करोड रुपैयाँमध्ये ७५ प्रतिशत बैंक तथा वित्तीय संस्थाको र २५ प्रतिशत प्रवर्धकको लगानी रहने छ । बैंकहरुद्धारा कर्जा लगानी गर्ने निश्चित भएपछी आयोजनाको निर्माण कार्य अघी बढने भएको छ ।

लिखु-२ जलविद्युत आयोजना रामेछाप जिल्लाको गुम्देर गा.वि.स. र सोलुखुम्बु जिल्लाको भकञ्जेगा.वि.स.मा अवस्थित छ । २४२ मिटर हेड र १६.५ क्युसेक (डिजाइन डिस्चार्ज) पानी वालुवा थेग्रायाई करिवन ७ किलोमिटर सुरुङ तथा ४८९ मिटर पेनस्टक पाईपको माध्यमद्धारा विद्युतिय उर्जा उत्पादन गरिनेछ ।

अध्ययनअनुसार आयोजनाबाट वार्षिक १८ करोड २५ लाख ९० हजार युनिट विद्युतीयउर्जा उत्पादन हुनेछ । उक्त उत्पादीत उर्जा नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत खरिद बिक्री सम्झौता(पि.पि.ए) अनुसार न्यू खिम्तीसव स्टेशन सम्मआयोजनाले प्रसारण लाईन निर्माण गरी त्यहाबाट राष्ट्यि प्रसारण प्रणाली मार्फत स्वदेशमै आन्तरिक खपतको लागिवितरण गरीने छ । आयोजना समयमै सम्पन्नगर्न प्रवर्धक कम्पनिले सरकारलाई “परफमेन्स सेक्युरिटी” वुझाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.