आशा लघुवित्तको नयाँ शाखा मकवानपुरको बज्रवाराहीमा

  २०७३ पुष १४ गते १२:५९     विकासन्युज

काठमाडौं, १४ पुस । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले मकवानपुरको बज्रवाराहीमा आफ्नो ७औं शाखा कार्यालयको स्थापना गरेको छ । उक्त शाखाको उद्घाटन संस्थापक शेयरधनी धुर्व धितालले गरेका छन् ।

asha_laghubitta_new_branch

संस्थाले आधुनिक प्रणालीका माध्यमबाट सरल, सहज लघु बैकिङ्ग सेवा त्यस क्षेत्रका ग्रामिण, दुर्गम तथा पिछडिएको वर्गहरुको आर्थिक, सामाजिक उन्नतीमा टेवा पुर्याउने उद्देश्यको साथ सो स्थानमा कार्यालयको स्थापना गरेको बताएको छ । हालसम्म ६ वटा शाखा कार्यालय स्थापना गरिसकेको यस संस्थाले चाडै नै तनहुँ जिल्लामा २ वटा शाखा कार्यालय स्थापना गर्ने बताएको छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष रामबहादुर पाण्डे, पुर्वमन्त्री भक्तबहादुर बलायर, प्रभु क्यापिटलका अध्यक्ष विनोद थकाली साथै बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, प्रहरी, शिक्षक, समाजसेवी, स्थानिय, संस्थाका महिला सदस्यहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.