इन्नोभेटिभ र अरनिको प्राप्तिको लागि सेञ्चुरीलाई राष्ट्र बैंकको सैद्धान्तिक सहमति

  २०७३ पुष १३ गते १७:२०     विकासन्युज

centurybankकाठमाडौं, १३ पुस । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले इन्नोभेटिभ डेभलपमेन्ट बैंक लिमिटेड र अरनिको डेभलपमेन्ट बैंक लिमिटेडको प्राप्तिको लागि नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरेको छ ।

इन्नोभेटिभ र अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्तीपछि सेञ्चुरी बैंकले ५० भन्दा बढी शाखा कार्यालयहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्ने छ । प्राप्ती, हकप्रद तथा मुनाफा आर्जनबाट सेञ्चुरी बैंकले नेपाल राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउने लक्ष्य लिएको छ ।

बैंकले आर्थिक वर्ष २०७३/७४ को असोज मसान्तसम्म कुल निक्षेप ३१ अर्ब ६८ करोड रुपैयाँ र कर्जा रकम २७ अर्ब ६० करोड रुपैयाँ परिचालन गरेको छ । सो अवधिमा बैंकले १२ करोड ३१ लाख रुपैयाँ सञ्चालन मुनाफा र ७ करोड ४३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंकले जनाएको छ ।

यस बैंकले हालसम्ममा ३१ वटा शाखा, २९ वटा ए.टी.एम्, १३ वटा शाखारहित बैंकिङ्ग र ३ वटा एक्सटेन्सन् काउन्टरबाट ग्राहक वर्ग समक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.