बुबाको पेन्सन सेयर बजारमा डुबेपछि निन्द्रा लाग्न छोड्यो

  २०७३ पुष १० गते १७:२३     अाशा नेपाल

asha-nepalधेरै दिन भो गहिरो निद्रामा सुत्न नसकेको । ६ महिना देखिको नेप्सेको उतारचढाव चढाव नै मेरो निद्राको उतारचढाव प्रमुख कारण हो । गत बर्ष देखि पूँजी बजारमा प्रवेश गरेकी सिकारु लगानीकर्ता । विद्यार्थी जीवनबाट भर्खर सामान्य जागिर गरेकी । मेरो जागिरको सानो बचत, बुवा आमाले माया गरेर दिएको केही पैसा, दाजु र भिनाजुबाट प्राप्त रकम समेत खाई नखाई र लुकाई राखेको पैसाले गत वर्ष देखि शेयर बजारमा प्रवेश गरे । सायद म बजार प्रवेश गर्दा नेप्से १२०० को हाराहारी थियो ।

शेयर बजारमा म प्रवेशको परिवेश पनि आफ्नै छ । मेरा धेरै चिनेजानेका आफन्तहरुले शेयर बजारमा लगानी गरि मनग्य कमाएका थिए । तीन चार बर्ष अगाडी च्याउरिएको अनुहार सहित बसमा हिड्नेहरु आफ्नै कारमा हिंड्न् थालेका थिए । त्यो सबै देखेकी म र तिनीहरु भन्दा सक्षम छु भन्ने मेरो बुझाईले म पनि केही गर्न सक्छु त्यो पनि शेयर बजारबाटै भन्ने सोची यो क्षेत्रलाई नै बचत लगानीको क्षेत्रको रुपमा रोजेकी थिए ।

जम्मा जम्मी ५ लाखबाट शुरु गरेको यो मेरो आफ्नो ब्यबसाय गत असारमा आउदा करिब १२ लाखको भएछ । म अति नै उत्साहित थिए । मेरो सम्पति बढेको देखेर । मेरो लोभ अनि जोस संगसगै बढेको थियो। मैले मेरा बुवा दाजु भिनाजु सबैलाई मेरो प्रगतिबारे सुनाए । सबै खुशी हुनु भयो । सबैले मलाई स्याबासी दिनुभयो । छरछिमेकले बजारबाट कमाएको देखेको हाम्रो परिवार अनि मैले नै कमाएको प्रमाण देख्नु भएको मेरो बुवा शेयर बजारप्रति अति नै उत्साहित हुनुभयो । मेरो शेयर बजारमा गरेको प्रगति देखेर मेरो बुवाले ५८ वर्ष निजामती सेवामा जागीर गरेर अबकास हुँदा प्राप्त गरेको रु २० लाख साउनको पहिलो हप्ता मलाई लगानी गर्न दिनुभयो । म सारै उतसाहित भए । तुरुन्तै त्यो रकम बजारमा लगानी गरे । सायद त्यतिबेला नेप्से १८०० मा थियो । सबै भन्दै थिए बजार छिट्टै २२०० पुग्छ । बुवाले जीवनकाल भरी कमाउन नसकेको रकम अब म बुवालाई कमाएर दिन्छु भन्ने प्रतिबद्धता साथ बजारमा बुवाको त्यो मेहनतको कमाई लगाए । साथी भाईको सल्लाह र मेरो आफ्नै विवेकलेले गरेको त्यो लगानी आज धेरै घटेको छ ।

मैले गत बर्ष गरेको लगानी त नोक्सानमा छैन अझसम्म तर मेरा बुवाको लगानी ३०% जति नै घटेको छ । मलाई मेरो लगानीको भन्दा मेरो बुवाको जिन्दगी भरीको कमाई डुबाएकोमा ठूलो पश्चाताप छ । बेलुका सुत्न गाह्रो भएको छ । दिन एकान्त प्रेमी बन्न थालेको छ । कहाँ जाउ के गरौं जस्तो भएको छ । बेचौ घाटा छ नबेचौ अझै कति नोक्सान हुने हो थाहा छैन । सधै यस्तै तरङ्गले मन बिचल्लीत भएको छ । बुवाको जिन्दगी भरीको त्यो मेहनत को कमाई ३०% घटेको कसरी सहन गर्न सक्नु हुने छैन ।

धेरै साथी भाइसंग सरसल्लाह गरेको छु । कसैले भन्छ यो त घटन मात्र सुरु गरेको अबस्था मात्र हो नानी । सम्झ तिमीले शेयर खरिद गर्दाको अबस्था भर्खरै असारको शुरुको खोलाको बहाव थियो । तिम्रो बुवाको लगानी मध्य साउनको खोलाको बहाव थियो । मानौ अहिलेको अबस्था दसैं तिरको खोलाको बहाब हो । पौषमा पानी जम्न त बाकी नै छ । बिस्तारै चैत आउछ अनि हिउँ पग्लिन्छ र फेरि बर्षा शुरु हुन्छ अर्थात फेरि शेयर चरम उत्कर्शमा पुग्छ । धैर्य गर नानी तिमी गलत समयमा बजार प्रवेश गरेउ । अर्को साथीलाई सोध्यो यो पुरै ठूलाहरुको चलखेल हो । यस्तो अवस्था पटक पटक आएको हो । अब ठूलाले सबै शेयर बेची सके । केही दिनमा यिनीहरु बजारमा आइ हाल्छन । अनि क्रमस बजार बढ्छ । तिमीले तिम्रो बुवाको सपना छिट्टै साकार गर्दैछौ ।

शुक्रबार राती अबेर सम्म एस्तै कुराले राती २ बजेसम्म निद्रा परेन अनि बल्ल २:३० बजे निदाएछु । तर झन डरलाग्दो सपनी देखे । मन पुरै बेचैनी छ । के गरु कसो गरु भनेर ।

फेसबुकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.