सपोर्ट माइक्रोफाइनान्सले एक करोड ८० लाख बराबरको साधारण सेयर चैतभित्र जारी गर्ने

  २०७३ पुष ६ गते १२:४९     विकासन्युज

काठमाडौं, ६ पुस । सपोर्ट माईक्रोफाईनान्स वित्तिय संस्थाले आगामी चैत्रभित्र नै साधारण सेयर जारी गर्ने भएको छ । फाइनान्सले सय रुपैयां अंकित एक लाख ८० हजार कित्ता साधारण सेयर जारी गर्ने भएको हो ।jppp
बुधबार प्रेस वित्रप्ति जारी गरी कम्पनीले साधारण सेयर निष्कासनको लागि एनएमबि क्यापिटललाई बिक्री प्रवन्धक नियुक्त गरेको जनाएको छ ।
माईक्रोफाईनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्रलाल ढकाल र एनएमबि क्यापिटलका श्रीजेश घिमिरेले सेयर निष्काशन सम्वन्धि सम्झौंतामा हस्ताक्षर गरे ।
कम्पनीको मुख्य कार्यालय सुनसरीको ईटहरीमा रहेको छ । फाईनान्सको ४ करोड ८० लाख चुक्तापुजँी रहेको छ । साधारण सेयर जारी गरेपछि फाइनान्सको चुक्तापुँजी ६ करोड रुपैयाँ पुग्ने छ । फाइनान्सको कार्यक्षेत्र १० जिल्लामा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.