जनता बैंकले हकप्रद सेयर आवेदन भर्ने म्याद थप्यो, पुस १० गतेसम्म हकप्रदको आवेदन दिन सकिने

  २०७३ पुष ५ गते ११:५६     विकासन्युज

काठमाडौ, ५ पुस । जनता बैंकले हकप्रद सेयर आवेदन दिने म्याद थपेको छ । आवश्यक रुपमा हकप्रदको लागि आवेदन नपरेपछि बैंकले आवेदन भर्ने म्याद थपेको हो । जनता बैंकले आफ्ना सेयरधनीहरुलाई ५० प्रतिशत हकप्रद सेयर जारी गरेको थियो ।janata-bank

बैंकले सेयर आवेदन भर्ने म्याद मंगलबारसम्म राखिएको थियो । तर पर्याप्त आवेदन नपरेपछि पाँच दिन बढाएर पुस १० गतेसम्मको लागि आवेदन दिने म्याद राखेर मंगलबार सार्वजनिक सुचना जारी गरेको छ ।

हकप्रद सेयर भर्नका लागि भने कात्तिक १० गते सम्म जनता बैंकको सेयर किनिसक्नुपर्ने छ । जनता बैंकको सेयर बिक्री प्रबन्धक एनसीएम मर्चेन्ट बैंकिङ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.