भूकम्प पीडितले घर बनाउन तीन लाख पाउने पक्का, प्राबिधिकलाई ७५ प्रतिशत भत्ता पनि

  २०७३ पुष ४ गते ११:५२     विकासन्युज

काठमाडौं, ४ पुस । भूकम्प पीडितले निजी आवास निर्माणका लागि तीन लाख नगद अनुदान उने पक्का भएको छ ।
राष्ट्रिय पुर्ननिर्माण प्राधिकरले निजी आवास निर्माणका लागि तीन लाख दिने व्यवस्थासहितको परिमार्जित कार्यबिधीलाई अर्थमन्त्रालयले सहमति दिएसँगै भूकम्प पीडितले तीन लाख पाउने पक्का भएको हो । यस अघि मन्त्रीपरिषदले भूकम्प पीडितलाई तीन लाख नगद अनुदान दिने निर्णय गरेको भएपनि अर्थमन्त्रालयले श्रोत अभाव हुने बताउँदै आएको थियो ।

house
पुष ३ गते उपप्राधन तथा अर्थमन्त्री कृष्ण बहादुर महराले भूकम्प पीडितलाई तीन लाख नगद अनुदान दिने परिमार्जित कार्यबिधीलाई सहमति दिएका हुन् । अब सो कार्यबिधी मन्त्रिपरिषदमा पेश हुनेछ । मन्त्रिपरिषदले पास गरेपछि अर्थमन्त्रालयले बजेट निकासा गर्नेछ र भूकम्प पीडितलाई दोश्रो किस्ता वापत डेढ लाख रुपैंयाँ वितरण सुरु हुनेछ ।
परिमार्जित कार्यबिधीले गुनासो प्रणालीमा आएका गुनासाहरुको विश्लेषण सहितको परिणाम सार्वजनिक गर्न र सम्बोधन गर्न सहज हुनेछ ।

प्राबिधिकलाई कार्य सम्पादनका आधारमा ७५ प्रतिशतसम्म प्रोत्साहन भत्ता दिने गरी तयारी भएको पनि प्राधिकरणले जनाएको छ ।प्राधिकरणले कार्य क्षेत्रमा खटिएका प्राविधिकहरुलाई कुनै भ्रममा नपरी आ–आफ्नो जिम्मेवारी पूरा गरि भूकम्प पीडितहरुको सेवाका लाग्न आग्रह पनि गरेको छ ।

१७ जिल्लाको तथ्यांक संकलन सुरु हुँदै
यसैबीच केन्द्रीय तथ्यांक विभागबाट भूकम्प कम प्रभावित १७ जिल्लामा सर्भेक्षणको कार्य गर्न १७ जिल्लाका समन्वयकर्ताहरु र सोसँग सम्बन्धीत तथ्यांक सहायकहरुलाई तीन दिन अभिमुखीकरण कार्य सम्पन्न भएको छ । पुनर्निर्माणको कार्यक्रमहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्न जिल्ला समन्वय समितिहरुको बैठकमा सहभागी हुने गरी राष्ट्रिय पुनर्निर्माण प्राधिरकणबाट पदाधिकारीहरु विभिन्न जिल्लाहरुमा खटिएका छन् ।

कार्यकारी समितिका सदस्य ध्रुव्रप्रसाद शर्माको टोली धनकुटा, संखुवासभा, भोजपुर, खोटाङ र सोलुखुम्बुका लागि खटिएको छ । कार्यकारी सदस्य चन्द्रबहादुर श्रेष्ठको टोली लम्जुङ, तनहुँ, कास्की, पर्वत, बाग्लुङ, म्यादी र स्याङजा जिल्लाका लागि खटिएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको टोली चितवन, नवलपरासी, अर्घाखाँची, गुल्मी र पाल्पामा हुने जिल्ला समन्वय समितिको बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.