मञ्जुश्री फाइनान्सले १७५ प्रतिशत हकप्रद निष्कासन गर्ने, पुस २९ गते साधारणसभा

  २०७३ पुष ३ गते १८:१०     विकासन्युज

manjushreeकाठमाडौं, ३ पुस । मञ्जुश्री फाइनान्सले १७५ प्रतिशत (१ बराबर १.७५ को अनुपातमा) हकप्रद सेयर निष्कासन गर्ने भएको छ । उक्त निर्णयलाई गत जेठ २६ गते बसेको कम्पनीको विशेष साधारणसभाले पारित गरिसकेको पुस १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले जनाएको छ ।

उक्त बैठकको निर्णयलाई कम्पनीको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ । कम्पनीको ९औँ वार्षिक साधारणसभा यहि पुस २९ गते हुने भएको छ । सोही प्रयोजनको लागि फाइनान्सले आगामी पुस ९ गतेदेखि पुस २९ सम्म सेयर कारोबार बन्द गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.