अब स्वेदेशी उद्योग ३० घण्टामा र वैदेशीक लागानी भएका उद्योग एक हप्तामा दर्ता हुने

  २०७३ मंसिर ३० गते २०:१४     विकासन्युज

काठमाडौं, ३० मंसिर । उद्योग विभागले ३० घण्टाभित्र उद्योग दर्ताको प्रमाणपत्र दिने भएको छ। विहिवार उद्योगमन्त्री नवीन्द्रराज जोशीले विभागको निरिक्षण गर्दै सो कुरा वताएका हुन्।

nabindra_raj_joshi_photo

विहिवार मन्त्री जोशीले कुनै पनि कागजपत्र पुगेका उद्योगहरु बढिमा ३० घण्टाभित्र दर्ता गरिसक्न विभागका कर्मचारीहरुलाई निर्देशन दिएका छन्। कागजपत्र पुगेको अवस्थामा अधिकतम ३० घण्टाभित्र पनि उद्योग दर्ता नभए कार्वाहि गरिने मन्त्रीले बताए।

कागज नपुगेर रहेछ भने के कारणले हो स्पस्ट खुलाएर सेवाग्राहिलाई दिनुपर्ने र सम्वान्धित अधिकारीलाई पनि जानकारी गराउनुपर्ने जोशीले बताए।

त्यस्तै बैदेशीक लगानी भएका उद्योगहरु बढिमा एक हप्ताभित्र दर्ता गरिसक्न मन्त्रीले निर्देशन दिए। उद्योग विभाग चाँडै अटोमेसन प्रविधिमा जाने र ३० दिन वा एक हप्ताभन्दा पनि कम समयमा उद्योग दर्ता भइसक्ने मन्त्री जोशीले बताए।

विभागले माघ एक गतेदेखि उद्योगका सवै कामहरु अनलाइनवाट नै गरिसक्नेगरी काम अगाडि बढिरहेको तथा त्यसका लागि तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। नेपाल राष्ट्र बैङ्कसँग अनलाइन पेमेन्ट गेटवेका लागि पनि छलफल भइरहेको मन्त्रीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.