यूनाइटेड इन्स्योरेन्सको सञ्चालकमा रविन्द्रराज पन्त नियुक्त

  २०७३ मंसिर ३० गते १५:१५     विकासन्युज

united-insuranceकाठमाडौं, ३० मंसिर । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल)को सञ्चालकमा रविन्द्रराज पन्त नियुक्त भएका छन् । सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पन्तलाई आगामी चार बर्षे कार्यकालका लागि सञ्चालक नियुक्त गरेको हो ।

पन्तको कार्यकाल मंसिर २८ गतेदेखि नै शुरु भएको छ । नियुक्त भएको दिन देखि नै पन्तले इन्स्योरेन्सको सञ्चालकको जिम्मेवारी सम्हाली सकेका छन् ।

कम्पनीले पूर्व सञ्चालक शिवजीरे यादवको पदमा रविन्द्रराज पन्तलाई नियुक्ति गरेको हो । पन्तले केहि समय अघि मात्रै एनआइडिसी डेभलपमेन्ट बैंकको निर्देशकबाट राजीनामा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.