नेपाल बङ्गलादेश बैंकको ३५ औं शाखा मोरङ्गको कर्सियामा

  २०७३ मंसिर २९ गते १६:४६     विकासन्युज

nbb_logoकाठमाडौं, २९ मंसिर । नेपाल बङ्गलादेश बैंक लिमिटेडले मोरङ्ग जिल्लाको कर्सियामा आफ्नो ३५ औं शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बैंकका संचालक अरुण श्रेष्ठले गरेका थिए ।

हाल बैंकले कर्सिया शाखा सहित ३५ शाखा, २ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बंैकिङ्ग सेवा तथा ३५ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिँदै आएको बैंकले जनाएको छ ।

सोही अवसरमा नेपाल बङ्गलादेश बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मोरङ्ग जिल्ला, सरोभाग गा.वि.स. कर्सिया स्थित श्री शारदा मा. वि. लाई एक थान कम्प्युटर र एक थान प्रिन्टर सहयोग गरेको छ । सो सामाग्री बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाद्वारा हस्तान्तरण गरिएको छ ।

बैंकको आर्थिक वर्ष २०७३।७४ को पहिलो त्रैमासिक वित्तिय विवरण अनुसार कुल निक्षेप ३९.६० अर्ब र कुल कर्जा ३४.२७ अर्ब परिचालन गरेको छ । साथै सोहि अवधीमा बैंकको खुद नाफा २२ करोड ५० लाख रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.