सुजुकी सुपर क्यारी अब नेपाली बजारमा, काठमाडौंको दुई स्थानबाट खरिद गर्न सकिने

  २०७३ मंसिर २९ गते १४:१४     विकासन्युज

suzuki_super_carryकाठमाडौं, २९ मंसिर । नेपालका लागि आधिकारिक विक्रेता सीजी मोटोकर्पले लाइट कमर्शियल भेहिकल (एलसीभी) सुजुकी सुपर क्यारी नेपाली बजारमा सार्वजनिक गरेको छ । साथै, कम्पनीले एलसीभी सेग्मेण्टमा समेत आफ्नो ब्यवसाय विस्तार गरेको छ ।

सीजी मोटोकर्प सुजुकीका चार पाङग्रे सवारी साधनको नेपालका लागि आधिकारिक विक्रेता हो । सीजी मोटोकर्पले काठमाडौंमा कम्पनीको महाराजगञ्ज र बालकुमारी स्थित बिक्री केन्द्र मार्फत गाडी उपलब्ध गराउने छ । त्यसैगरी, उपत्यका बाहिर भने पोखरा, विरगञ्ज, विराटनगर र बुटवल बिक्री केन्द्र मार्फत गाडी उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ । कम्पनीले आउने महिनाहरुमा आफ्नो बिक्री सञ्जाल थप बृहत बनाउँदै लैजाने बताएको छ ।

कम्पनीद्वारा जारी गरिएको विज्ञप्ति अनुसार सुजुकी सुपर क्यारीलाई फाइभ स्पिड म्यानुअल ट्रान्समिशन सहितको ७ सय ९३ सीसी क्षमताको ट्विन सिलिण्डर ईञ्जिनले शक्ति प्रदान गर्छ । कम्पनीका अनुसार सुपर क्यारीले ३ हजार ५ सय आरपीएममा ३२ दशमलव ६३ बीएचपीको शक्ति र २ हजार आरपीएममा ७५ एनएम टर्क उत्पन्न गर्ने क्षमता राख्छ । त्यसैगरी, सार्वजनिक नयाँ गाडीले एआरएआई प्रमाणित २२ दशमलव ०७ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको दावी छ । कम्पनीका अनुसार गाडीको अधिकतम गति क्षमता ८० किलोमिटर प्रति घण्टा छ ।

सीजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले भने ‘उपभोक्ताको फाइदा तथा आवश्यकतालाई दृष्टिगत गर्दै सवारीको डिजाइनमा गहन अध्ययन तथा विशेष ध्यान दिइएको छ । सुपर क्यारीले अधिकतम भारवहन क्षमता अत्यधिक शक्तिका साथै उत्कृष्ट माइलेज समेत प्रदान गर्ने छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.