नेपाल चिकित्सा विज्ञान तथा प्रयोगशाला प्रदर्शनी बिहीबारदेखि शुरु

  २०७३ मंसिर २८ गते १८:१८     विकासन्युज

काठमाडौं, २८ मंसिर । सिन्थेसिस् एक्जिविसन्स एन्ड एभेन्ट्स प्रालि नेपाल तथा एसडी प्रोमो मिडिया प्रालि इन्डियाले यही मङ्सिर ३० देखि पुस २ गतेसम्म भृकुटीमण्डपको प्रदर्शनी हलमा ‘नेपाल चिकित्सा विज्ञान तथा प्रयोगशाला प्रदर्शनी २०१६’ आयोजना र्गदैछ । केमिकल एण्ड मेडिकल सप्लायर्स नेपाल ,नेपाल केमिकल सोसाइटी र इण्यिन मेडिकल डिभाइस इण्डट्रिको सहयोगमा कार्यक्रम आयोजना गरिएको हो ।

science

नेपाल ग्रोथ स्टोरीसँग सहयात्रा गरी नेपाल ल्याब एक्स्पो, २०१६ र नेपाल मेडिकल शो, २०१६ को थालनी गरेको हो। प्रर्दशनीमा शल्यचिकित्सका सामग्री, उद्धार र आपत्कालीन सामग्री, औषधिजन्य फोहोर, अस्पतालका लागि फर्निचर, अस्पतालका सूचना संयन्त्र प्रदानकर्ता, औषधिजन्य फोहोर व्यवस्थापन, सुविधा व्यवस्थापन र अन्य सेवा प्रदायक कम्पनीलाई एउटै मञ्चमा ल्याउँछ ।

अन्तर्रा्ष्ट्रियस्तरको नेपाल ल्याब एक्स्पो एक प्रदर्शनीले प्रयोग, विश्लेषण, वैज्ञानिक र वायोटेक्नोलोजीसम्बन्धी सामग्री र उपभोग्य वस्तुका लागि विशेष मञ्च प्रदान गर्दछ । प्रदर्शनीमा विश्वभरका १५० भन्दा बढी ठूला कम्पनी र ५०० भन्दा बढी ब्रान्डका प्रदर्शनकर्ता सहभागी रहन्छन् । व्यापारिक अगुवा, सरकारी अधिकारी, चिकित्सक, नीतिनिर्माता, उद्योगपति, वैज्ञानिक र अध्ययनकर्ता उपस्थित हुनेछन् ।

प्रर्दशनीबाट अवोलकनकर्ताले मेडिकल क्षेत्रको नविनतम अवस्थाका बिषयमा अध्ययन गर्न सक्नेछन् । अस्पताल, व्याथालोजी ,ल्याब, अध्ययन संस्थान, मेडिकल तथा खाद्य उद्योग, विश्वविद्यालय, वस्तु परिक्षण प्रयोगशाला तथा आपूर्तिकर्ताको उल्लेखीय सहभागीता रहने आयोजको अपेक्षा छ । नेपालमा बार्षिक रुपमा दश अर्ब रुपैयाँ बराबरको मेडिकल जन्य समाग्रीहरुको कारोबार हुने गरेको सम्बन्धीत क्षेत्रको विज्ञहरुको अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.