सानिमा बैंकको बिक्री प्रबन्धकमा सिबिआईएल क्यापिटल लिमिटेड नियुक्त

  २०७३ मंसिर २६ गते १६:०५     विकासन्युज

काठमाडौं, २६ मंसिर । सानिमा बैंक लिमिटेडले हकप्रद सेयर निष्कासनको लागि बिक्री प्रबन्धकमा सिबिआईएल क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बैंकले १० शेयर बराबर ३ कित्ताको अनुपातमा एक करोड ५९ लाख १७ हजार ६ सय ७ किता हकप्रद शेयर निष्कासन गर्न उक्त कम्पनीलाई नियुक्त गरेको हो ।

sanima_agree_with_cbil

आइतबार सानिमा बैंक र सि.बि.आई.एल क्यापिटलबीच हकप्रद शेयर निष्कासन गर्ने सम्बन्धमा दुई पक्षिय सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तेजबहादुर चन्द र सि.बि आई.एल क्यापिटलका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत नलिना श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.