भवन भट्टद्धारा पूर्वाधार विकास कम्पनीबाट राजीनामा, लालकृष्ण केसीको हातमा सुरङमार्ग

  २०७३ मंसिर २४ गते १६:५४     विकासन्युज

काठमाडौं, २४ मंसिर । काठमाडौं —हेटौंडा सुरुङमार्गको निर्माण गर्ने जिम्मा लिएको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडबाट भवन भट्टले राजीनामा दिएका छन् । bhawan-bhatta

विहीबार बसेको सञ्चालक समितिको बैठकले भट्टको राजीनामा स्वीकृत गरेको सञ्चालक सुवासचन्द्र ठकुरीले जानकारी दिए । भट्टले १० महिनादेखि पूर्वाधार विकास कम्पनीको अध्यक्ष सम्हाल्दै आएका थिए । ठकुरीका अनुसार भट्टको राजीनामा स्वीकृतपछि बोर्डले अध्यक्षमा लालकृष्ण केसीलाई नियुक्त गरेको छ ।

भट्टले एनआरएनमा सक्रिय रहनुपर्ने र विदेशमा रहेको व्यवसायमा व्यस्त रहनुपर्ने बाध्यता देखाएर राजीनामा दिएको ठकुरीले जानकारी दिए । उनका अनुसार भट्ट कम्पनीको सञ्चालक भने बस्नेछन् र उनले विदेशी लगानी ल्याउन सघाउने छन् ।

यसअघि माघ २९ गते बसेको बोर्ड बैठकले केसीलाई सहअध्यक्ष नियुक्त गरेको थियो । तर विभिन्न विवादहरु आएपछि उनलाई सहअध्यक्षबाट हटाइएको थियो । तर, तत्कालीन पुनरावेदन अदालत पाटनले उनलाई पुनर्बहाली गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.