एभरेष्ट बैंकको ईन्डो- नेपाल रेमिटेन्स सेवा मार्फत मोबाइलबाटै रकम पठाउन सकिने

  २०७३ मंसिर २४ गते १४:३५     विकासन्युज

everest-bankकाठमाडौं, २४ मंसिर । एभरेष्ट बैंकले नेपालमा प्रथम पटक भारतको पंजाब नेशनल बैंकको कुनै पनि शाखाहरुबाट सजिलै “अनलाईन” माध्यमबाट नेपाल पैसा रकमान्तर गर्ने सेवा शूरुवात गरेको थियो ।

बैंकले भारतको पंजाब नेशनल बैंकको सहायतामा भारतमा काम गर्ने कामदारले आफ्नो मोबाईलबाटै (पंजाब नेशनल बैंकको शाखामा नगैकन) एभरेष्ट बैंक, नेपालको कुनै पनि शाखा तथा दुर्गम क्षेत्रमा अवस्थित ५०० भन्दा बढी व्यावसायिक प्रतिनिधिहरुमा रकम पठाउन सक्ने व्यवस्था मिलाएको छ । रेमिटेन्सको यस्तो सेवा बैंकले केहि महिना अगाडी देखि नै संचालनमा ल्याएको हो

एभरेष्ट बैंकले हाल आफ्ना ६१ वटा शाखाहरु, ५ एक्सटेन्सन काउन्टर, २४ राजश्व संकलन काउन्टर र ८६ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.