राष्ट्र बैंकका सञ्चालक विकेमान सिंह निलम्वित

  २०७३ मंसिर २४ गते १३:२३     विकासन्युज

काठमाडौँ, २४ मंसिर । नेपाल राष्ट्र बैंकका सञ्चालक बालकृष्ण (बिके) मान सिंह निलम्वनमा परेका छन् । मंगलबार उनीमाथि परेको रिटमा सर्बोच्च अदालका प्रधान न्यायाधिश शुशिला कार्की र न्यायाधिस प्रकाशमान सिंह राउतको संयुक्त इजलाजसले अन्तरमी आदेश जारी गरी सिंहलाई काम नगर्न नगराउन भनेको हो ।bkman-singh

नेपाल राष्ट्र बैंकको सञ्चालक हुन उनको योग्यता नपुगेको भन्दै अधिबक्ता शम्भु दुवाडीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । राष्ट्र बैंक ऐनमा सञ्चालक हुनको लागि अर्थशास्त्र, बाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन लगायत विषयमा स्नातकोत्तर हुनुपर्ने छ ।  सञ्चालक सिंह चार्टर्ड एकाउन्टेन हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.