आशा लघुवित्तको दुई नयाँ शाखा बर्दिया र कैलालीमा

  २०७३ मंसिर २४ गते १२:२६     विकासन्युज

asha_laghubitta_branchकाठमाडौं, २४ मंसिर । आशा लघुवित्त वित्तीय संस्था लि.ले आफ्ना दुई नयाँ शाखा कार्यालयहरु बर्दियाको सानोश्री ताराताल र कैलालीको टीकापुरमा स्थापना गरेको छ । कम्पनीले विपन्न वर्गलाई आर्थिक क्रियाकलापहरुमा संलग्न गराई उनीहरुको जीवनस्तर उकास्ने उद्देश्यले सो स्थानमा नयाँ शाखा खोलेको हो ।

शाखा स्थापनाको अवसरमा स्थानीय संघ संस्थाका प्रतिनिधि तथा सेवाग्राहीहरुको समेत उपस्थिति रहेको थियो ।

उक्त स्थानमा स्थापित यस राष्ट्रिय स्तरको लघुवित्तीय संस्था पहुँच अभिवृद्धिका क्रममा शाखाहरु स्थापना गर्ने क्रममा रहेको जानकारी कम्पनीले गराएको छ । दुई शाखाहरु सहित हाल सम्म कम्पनीको ६ वटा शाखाहरु संचालनमा आएका छन् ।

नेपाल राष्ट्र बैंकबाट  ‘घ’ वर्गको वित्तीय संस्थाका रुपमा स्वीकृति प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले मदानपुर – ७, जुरेथुममा केन्द्रीय कार्यालय स्थापना गरी भाद्र १५ गतेबाट कारोबार शुरु गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.