सेवा विकास बैंकको १२० प्रतिशत हकप्रद विहिबारदेखि भर्न पाइने, पुस २७ गतेसम्म म्याद

  २०७३ मंसिर २३ गते ११:५२     विकासन्युज

काडमाडौं, २३ मंसिर । सेवा विकास बैंकले दिने एक सय २० प्रतिशत हकप्रद सेयर बिहीबारदेखि खुल्ला गरेको छ । बैंकले ५१ लाख ६ हजार ६ सय ६२ कित्ता हकप्रद सेयर बिक्री खुल्ला गरेको हो । सो हकप्रद प्रतिकित्ता एक सय रुपैयाँका दरले ५१ करोड ६ लाख ६६ हजार २०० रुपैयाँ बराबरको हो ।sewa_bikas_bank

सेवाको एक सय कित्ता सेयर हुनेले थप एक सय २० कित्ता भर्न पाउनेछन् । असोज १८ गतेसम्म बैंकको सेयर खरिद गरेका सेयरधनीहरुले मात्र यो हकप्रद सेयर भर्न पाउने छन् ।
बैंकको हकप्रद सेयर निष्कासनका लागि एनएमवी क्यापिटले विक्रि प्रबन्धको जिम्मा पाएको छ । बैंकको हकप्रद सेयर पुस २७ गतेसम्म मात्र भर्न पाइने छ ।

हकप्रद सेयर भर्नका लागि आवेदकले एनएमबि बैंक लिमिटेडको मुख्य कार्यलय, र शाखा कार्यँलयहरु मार्फत तथा एनएमवी क्यापीटल र सेवा विकास बैंकमा फारम भर्न र बुझाउन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.