सगरमाथा फाइनान्सको साढे २९ करोडको हकप्रद सेयर निष्काशन, २० करोड ३८ लाखको बोनस दिने योजना

  २०७३ मंसिर २३ गते १०:३८     विकासन्युज

sagarmatha_financeकाठमाडौं, २३ मंसिर । सगरमाथा फाइनान्स लिमिटेडले १० बराबर ८ कित्ता हकप्रद सेयर निष्काशन गरेको छ । हाल ३६ करोड ९२ लाख रुपैया चुक्ता पुँजी भएको यस फाइनान्सले २९ करोड ५४ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गरेको हो ।

आज मंसिर २३ गतेसम्म सेयर किनेका सेयरधनीले मात्र हकप्रद सेयर लिन पाउनेछन् । हकप्रद सेयरको लागि पुस ११ देखि माघ १७ गतेसम्म आवेदन गर्नुपर्नेछ । फाइनान्सले हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआईबीएल क्यापिटल मार्केट्सलाई दिएको छ । एनआईबीएल क्यापिटल मार्केट्स र सगरमाथा फाइनान्सका शाखा कार्यलयहरुबाट हकप्रद सेयर आवेदन भर्न सकिने कम्पनीले जनाएको छ ।

हकप्रद सेयर निष्काशनपछि कम्पनीको चुक्ता पुँजी ६६ करोड ४७ लाख रुपैयाँ हुनेछ । फाइनान्सले दुई वर्षको नाफाबाट २० करोड ३८ लाख रुपैयाँ बराबरको बोनस सेयर निष्काशन गर्ने र चुक्ता पुँजी ८६ करोड ८५ लाख रुपैयाँ पुर्याउने योजना सार्वजनिक गरेको छ ।

यस फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट ११ करोड ८ लाख रुपैयाँ बराबरको बोनस सेयर दिने तयारी गरेको छ भने चालु आर्थिक वर्षको नाफाबाट कम्तिमा ९ करोड ३० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण योजना बनाएको छ । हाल यस फाइनान्सको जगेडा कोषमा २६ करोड रुपैयाँ छ । बुधबार यस फाइनान्सको सेयर प्रतिकित्ता ४१९ रुपैयाँमा कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.