सनराइज बैंकको तेह्रौं शाखारहित बैंकिङ्ग सेवा रौतहटको बंकुलमा सञ्चालन

  २०७३ मंसिर २१ गते १८:०७     विकासन्युज

काठमाडौं, २१ मंसिर । सनराइज बैंक लिमिटेडले आफ्नो तेह्रौं शाखारहित बैंकिङ्ग सेवा रौतहटको बंकुलमा सञ्चालन गरेको छ । बैंकले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्देश्यले सो स्थानमा नयाँ शाखा सञ्चालन गरेको हो ।

sunrise_rautahat_branch

सो अवसरमा बैंकको गौर शाखाका प्रमुख बिपत चौधरीले शाखारहित बैंकिङ्ग सेवाका व्यावसायिक प्रतिनिधि खुरसैद खाँँ पैठानलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका छन् । बैंकको शाखाहरु नभएको ठाँउबाट बचत तथा भुक्तानीका लागि शाखारहित बैंकिङ्ग सेवा मार्फत एटिएम कार्ड र औंठाको छापबाट, पोइन्ट अफ सेल मेसिनको माध्यमबाट कारोबार गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.