भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माणका लागि २८ अर्ब रुपैयाँ निकासा

  २०७३ मंसिर २१ गते १७:३८     विकासन्युज

punarnirman_prdhikaranकाठमाडौं, २१ मंसिर । भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई थप रकम निकासा गरेको छ ।  मंसिर २० गतेको उपप्रधान तथा अर्थमन्त्री स्तरको निर्णय अनुसार अर्थमन्त्रालयले पुनर्निर्माण कोषको रकम परिचालन गर्ने गरी निजी आवास अनुदान वितरण गर्न थप २८ अर्ब रुपैयाँ निकासा गरेको छ ।

यस्तै भूकम्प प्रभावित जिल्लाहरुमा विद्यालय भवन पुनर्निर्माणका लागि ४ अर्ब रुपैयाँको सिमामा रही विद्यालय पुनर्निर्माण कार्य अघि बढाउन स्रोतको सुनिश्चितता प्रदान गरिएको छ । कार्य प्रगतिका आधारमा थप रकम निकासा गर्दै जाने अर्थ मन्त्रालयले जनाएको छ ।

सरकारी भवनहरु निर्माण गर्न गप ७५ करोड रुपैयाँ र जग्गा जग्गा मुआब्जा वितरण गन २५ करोड रुपैयाँ गरी नेपाल सरकार स्रोत तर्फको थप १ अर्ब रुपैयाँको पुनर्निर्माण कार्यक्रमहरु सञ्चालन गर्न गराउन सहमति दिएको छ । यसबाट सरकारी विद्यालयहरु, सरकारी भवन तथा ग्रामीण सडकको पुनर्निर्माणमा स्रोत साधनको परिचालन गराउन सहज भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.