खोटाङ–काठमाडौं यातायात शुरु

  २०७३ मंसिर २१ गते १६:५३     विकासन्युज

खोटाङ, २१ मंसिर । सदरमुकाम दिक्तेलबाट काठमाडौंलगायत तराईका विभिन्न जिल्लासँग सिधा यातायात शुरु भएको छ ।

खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने जयरामघाटस्थित दूधकोसी नदीमा अस्थायी बेलिब्रिज जडान गरेपछि सिधा यातायात सुरु भएको हो । नदीमा पानीको बहाव बढेसँगै गत जेठमा झिकिएको बेलिब्रिज पुनः जडान गरेर मङ्गलबारबाट यातायात शुरु भएको हो ।

दोभान निर्माण सेवा प्रालिले रु ६० लाखको लागतमा जडान गरेको बेलिब्रिज हिउँदभर सञ्चालन हुने सञ्चालक झङ्कार खड्काले बताए । बेलिब्रिज सञ्चालनमा आएसँगै काठमाडौँबाट खोटाङ्सम्म नियमित बस सञ्चालन भएको यातायात व्यवसायी सङ्घका जिल्ला सचिव रामकुमार हिङ्माङले बताए ।

बेलिब्रिज सञ्चालनमा आएसँगै यात्रा गर्न तथा दैनिक उपभोग्यवस्तु ओसारपसार गर्न सहज भएको उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष राजेन्द्र लयालुले बताए । विसं २०६६ मा सुरु गरिएको जयरामघाटस्थित पक्की पुल निर्माणमा ढिलाई भएका कारण त्यसको विकल्पमा बेलिब्रिज जडान गरिएको हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.