सुनको मुल्यमा गिरावट, एक महिनायता तीन तोला सुनमा तीन हजारले कमी

  २०७३ मंसिर २१ गते १४:०६     विकासन्युज

काठमाडौं , २१ मंसिर । सुनको भाउ ओरालो लागने क्रम जारी रहेको छ । पछिल्लो एक महिनामा मात्र सुन तोलामा तीन हजार रुपैयाँ भन्दा बढीले घटेको छ । मंगलबार सुन प्रतितोला ५३ हजार सात सयमा रुपैयाँमा कारोबार भएको छ । मंसिर लाग्दा प्रतितोला सुन ५५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

Gold bars

Gold bars

‘मंसिर महिना विवाहको महिना हो, सधै यसवेला भाउ बढ्ने गरेको थियो, तर यसपाली भने सुनको मुल्यमा गिरावट आएको छ ।’ सुन चादी व्यवसायी महासंघका पुर्व अध्यक्ष तेजरत्न शाक्यले भने ।
सोमबार सुन प्रतितोला ५३ हजार आठसय रुपैयाँमा कारोबार भएको थियो । अमेरिकाको केन्द्रिय बैंकले व्याज बढाउने घोषणा गरेसँग लगानीकर्ताहरुले सुनमा लगानी छोडेकोले सुनको मुल्यमा कमी आएको विष्लेषकहरुको दावी छ ।
अमेरिकामा राष्ट्रपतिको निर्वाचन हुनुभन्दा अघि स्थिरजस्तै रहेको सुनको मूल्य डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएलगत्तै घट्ने क्रम सुरु भएको हो ।
यसैगरी, चाँदीको भाउ पनि केही तल झरेको छ । चाँदीको मूल्य मंगलबार प्रतितोला सात सय ९० रुपैयाँ कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.