नेपालको व्यापार तथा लगानी वृद्धि गर्न कुवेतका राजदूत तत्पर

  २०७३ मंसिर २० गते १७:०७     विकासन्युज

काठमाडौं, २० मंसिर । नेपाल चेम्वर अफ कमर्सका पदाधिकारी र नेपालका लागि कुवेतका राजदूत यूसेफ बिन मोहमद अल–हेल बीच भेटघाट भएको छ । सोमबार चेम्वर भवनमा भएको उक्त भेटमा दुई देश बीचको व्यापार तथा लगानी अभिवृद्धि सम्वन्धमा छलफल भएको छ ।

ncc_meet_kubet_rajdut

छलफलका अवसरमा नवनियुक्त राजदूतलाई चेम्वर भवनमा स्वागत गर्दै अध्यक्ष राजेश काजी श्रेष्ठले राजदूतको कार्यकालमा दुई देश बीचको आर्थिक सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरेका छन् । अध्यक्ष श्रेष्ठले भूकम्प पश्चात नेपालमा पुर्नस्थापना र पुर्ननिर्माणका लागि पूजीँ र प्रविधिको आवश्यकता रहेको बताएका छन् ।

अध्यक्ष श्रेष्ठले नेपालमा लगानीको वातावरण बन्दै गएकोले नेपालको कृषि, जलश्रोत, पुर्वाधारको विकास, खनिज तथा खनिजजन्य उद्योग, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगानी गर्न अनुरोध गरेका छन् । उनले सस्तो श्रम, चीन र भारत जस्ता दुई ठूला आर्थिक राष्ट्र सम्मको सहज बजारका कारण नेपाल लगानीको लागि उपयुक्त भएको बताएका छन् । अध्यक्ष श्रेष्ठले नेपालबाट कतारमा निर्यात हुने बस्तुहरुको प्रवद्र्धनमा समेत राजदूतको रचनात्मक सहयोगको अपेक्षा गरिएको बताएका छन् ।

नेपालका लागि कुवेतका राजदूतले दुई देशबीचको सम्वन्ध विस्तारमा नेपाल र कतारबीचको आर्थिक सम्वन्ध अभिवृद्धि गर्न आफू सदा तत्पर रहने बताएका छन् । राजदूतले दुई देश बीचको आर्थिक सामाजिक सम्वन्ध विस्तारमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने हुदाँ उच्चस्तरीय भ्रमण प्रतिनिधि मण्डलमा निजी क्षेत्रको सहभागिता बढाउन, मेला तथा प्रदर्शनीमा सहभागिता बढाउनु पर्नेमा जोड दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.