मेगा बैकले १४ प्रतिशत बोनस र ६५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने, ८ अर्ब चुक्ता पुँजीकाे खाका प्रष्ट

  २०७३ मंसिर २० गते ११:४५     विकासन्युज

mega-Bankकाठमाडौं, २० मंसिर । मेगा बैंक नेपाल लिमिटेडले गत वर्षको नाफाबाट करिव १४ प्रतिशत लाभांश सेयरधनीलाई विरतण गर्ने भएको छ । आइतबार बसेको बैंक सञ्चालक समितिको बैंठकले १३.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश दिने भएको छ ।  बोनस सेयर वितरण गरेपछि बैंकले ६५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ ।

हाल बैंकको चुक्ता पुँजी ४ अर्ब ७ करोड ७२ लाख रुपैयाँ छ । बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ४ अर्ब ६१ करोड रुपैयाँ हुनेछ । ७५ प्रतिशत हकप्रद सेयर निष्काशन गरेपछि बैंकको चुक्ता पुँजी करिब ७ अर्ब ५० करोड रुपैयाँ हुनेछ । चालु आर्थिक वर्षमा वितरण योग्य नाफा ५० करोड कमाएर चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउने बैंकको योजना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.