आइतबार मात्रै १० लाख कित्ता बोनस र ११ लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत

  २०७३ मंसिर १९ गते १७:५९     विकासन्युज

listing_shareकाठमाडौं, १९ मंसिर । आइतबार मात्रै १० लाख ९७ हजार २८५ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । साथै, सो दिन ११ लाख ५५ हजार कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ ।

फष्ट माइक्रोफाइनान्स कम्पनीको ३ लाख ४५ हजार कित्ता, सिद्धार्थ फाइनान्सको ३ लाख ५५ हजार ९५० कित्ता र माल्लिका विकास बैंकको ७ लाख ६ हजार ८३५ कित्ता गरि सो मात्रामा बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ ।

त्यस्तै, आइतबार नै रिद्धी माइक्रोफाइनान्स वित्तीय संस्थाको १० लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । त्यसैगरी नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको १० लाख कित्ता सेयर सूचिकृत भएको छ । तर सो मात्राको सेयर बोनस हो या हकप्रद हो भनेर चाँही नेप्सेमा छुट्टाइएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.