एनबी इन्स्योरेन्सको १८औं र १९ औं साधारणसभा सम्पन्न, १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय

  २०७३ मंसिर १७ गते १८:४१     विकासन्युज

काठमाडौं, १७ मंसिर । एनबी ईन्सुरेन्स कम्पनी लिमिटेडको १८औं र १९औं बार्षिक साधारणसभा शुक्रबार कम्पनीको केन्द्रीय कार्यालय, नारायणचौर, काठमाण्डौंमा सम्पन्न भएको छ । साधारण सभाले एक शेयर बराबर एक शेयर अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको छ । उक्त अनुपातमा शेयर निष्काशनपछि कम्पनीको चुक्ता पूंजी ५४ करोड पुग्ने कम्पनीका अध्यक्ष अम्बिका प्रसाद पौडेलले बताए । हाल कम्पनीको चुक्ता पुँजी २७ करोड रुपैयाँ रहेको छ ।

nb_insurance_agm

नेपाली बीमा बजारमा आफ्नो छुटृै पहिचान स्थापित गर्ने हेतुले कम्पनीले अल्पकालिन र दीर्घकालिन रणनीति बनाउंदै कम्पनीलाई आगामी पांच बर्ष भित्र एक उत्कृष्ठ कम्पनीको रुपमा स्थापित गर्ने र शेयरधनीहरुलाई उचित मुनाफा दिने लक्ष्यका साथ कम्पनी अगाडि बढेको अध्यक्ष पौडेलले साधारणसभालाई जानकारी दिए ।

राष्ट्रिय महत्वको बिषय रहेको लघु बीमा, कृषि तथा पशु बीमालाई अगाडि बढाउने क्रममा कम्पनीले जनकपुर, बर्दिवास, ओखलढुéा र सोलुखुम्बुको सल्लेरीमा शाखा कार्यालय खोलिसकिएको छ भने देशको कुना कुनासम्म बीमा पहुंच विस्तार गर्दै लाने रणनीति रहेको उनले बताए ।

सभामा अध्यक्षले कम्पनीले चालु आ.ब.को प्रथम त्रैमाससम्ममा १६ करोड २२ लाख रुपैयाँ प्रिमियम संकलन गरेको, १ करोड २० लाख खुद मुनाफा आर्जन गर्न सफल भएको जानकारी गराउंदै २०७३ मंसिर १६ गतेसम्म कम्पनीले करिब २४ करोड बीमाशुल्क आर्जन गरेको र ३२ करोड विभिन्न बैंक तथा वित्तीय कम्पनीहरुको मुद्दतीमा लगानी गरेको पनि जानकारी गराए ।

साधारण सभामा संचालक समितिका अध्यक्ष अम्बिका प्रसाद पौडेलले कम्पनीले देशभर १७ वटा शाखा कार्यालय, ५ वटा सम्पर्क कार्यालय र ८ वटा सेवा काउण्टर गरी कूल ३० स्थानबाट बीमा सेवा प्रदान गरिरहेको, बन्द रहेका शाखाहरुको पुनःसंचालन गर्दै शाखा सञ्जाल विस्तार तथा आवश्यक जनशक्तीहरुको व्यवस्थापनमा जोड दिई रहेको जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.