महालक्ष्मी विकास बैंकले ८ प्रतिशत बोनस सेयर दिने, मालिकाको नाफा मात्र वितरण

  २०७३ मंसिर १५ गते १९:२३     विकासन्युज

malaxmi_bikas_bankकाठमाडौं, १५ मंसिर । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर दिने भएको छ । बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले सो निर्णय गरेको बैंकले जनाएको छ । बैंकले तत्कालिन मालिका विकास बैंकले गरेको नाफाबाट मात्रै बोनस वितरण गर्ने निर्णय गरेको हो ।

यसै आर्थिक वर्षमा मालिका विकास बैंकमा महालक्ष्मी फाइनान्स र सिद्धार्थ फाइनान्स मर्ज भई महालक्ष्मी विकास बैंक बनेको हो । नेपाल राष्ट्र बैंकले लिएको नीतिका आधारमा तत्कालिन मालिका विकास बैंकको नाफाबाट मात्र बोनस सेयर वितरण गर्ने निर्णय भएको प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले जानकारी दिए । अर्को आर्थिक वर्षमा बैंकले दिने लाभांश बढी हुने उनले बताए ।

चुक्ता पुँजी १ अर्ब १६ करोड रहेको यस विकास बैंकमा निक्षेप ११ अर्ब ४४ करोड र कर्जा लगानी ९ अर्ब ४८ करोड रुपैयाँ छ । बैंकले ४० वटा शाखाबाट करिव ढेडलाख ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.