कर कटौतीको नीतिले अन्य मुद्राको तुलनामा डलर बलियो, नेपाली मुद्रासँगको सहटीमा महंगो

  २०७३ मंसिर १५ गते ८:४१     विकासन्युज

काठमाडौं १५, मंसिर । काठमाडौंः पछिल्लो एक महिनामा अमेरिकी डलरको मूल्य तीन रुपैयाँले महँगो भएको छ । एक महिना अगाडि डलरको बिक्रीदर १ सय ७ रुपैयाँ २४ पैसा थियो । एक महिनापछि मंगलबारका लागि राष्ट्र बैंकले तोकेको डलरको बिक्रीदर १ सय १० रुपैयाँ २६ पैसा छ । बुधबारका लागि भने तोकेको विनिमयदर मंगलबारको तुलनामा घटेर १ सय १० रुपैयाँ १६ पैसा छ ।Dollar

अमेरिकी राष्ट्रपति निर्वाचनपूर्व कर कटौती गर्ने घोषणा गरेका डोनाल्ड ट्रम्प निर्वाचित भएपछि अरू मुद्राको तुलनामा डलर बलियो भएको छ । अन्तरराष्ट्रिय लगानीकर्तामा कर कम लाग्ने भएपछि आम्दानी बढ्ने भएको हुँदा डलरप्रतिको विश्वास बढेको देखिन्छ । पछिल्लो एक महिनाको तुलनामा अन्य मुद्रा युरो, अस्ट्रेलियन डलर तथा मलेसियन रिङ्गेट कमजोर बनेको छ ।

यद्यपि बेलायती मुद्रा पाउण्ड भने पछिल्लो एक महिनामा नेपाली मुद्राको तुलनामा सात रुपैयाँले महँगो भएको छ । अन्य मुद्रामा भने खासै उतारचढाव भएको छैन ।

राष्ट्र बैंकका पूर्व–कामुगभर्नर कृष्णबहादुर मानन्धर अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएको र उनले गरेको चुनावी बाचाको कारण विश्वभरनै डलर बलियो भएको बताउँछन् । “ट्रम्पले चुनावी अभियानको क्रममा कर्पोरेट ट्याक्स ३५ प्रतिशतबाट १५ प्रतिशतमा झार्ने भनेका थिए,” मानन्धरले भने, “अमेरिकी केन्द्रीय बैंक फेर्डर रिजर्बले ब्याजदर बढाउने अनुमान अन्तरराष्ट्रिय लगानीकर्तामा छ । जसको कारण भारतमा आएका लगानीकर्ता अमेरिका फर्केका छन् । कारोबार दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.