एसबीआईले ४० प्रतिशत हकप्रद जारी गर्ने, बोनस र एफपिओ पछिको पुँजीमा हकप्रद

  २०७३ मंसिर १४ गते १२:०४     विकासन्युज

nepal_sbi_bankकाठमाडौं, १४ मंसिर । नेपाल एसबीआई बैंकले लगानीकर्ताहरुलाई ४० प्रतिशत (१०ः४ को अनुपातमा) हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकको सञ्चालक समितिले यसअघि प्रस्ताव गरेको बोनस तथा एफपिओको बिक्री पछि कायम पूँजीको ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।

३ अर्ब ८८ करोड ३७ लाख रुपैयाँ चुक्तापूँजी रहेको बैंकले गत आर्थिक बर्षको मुनाफाबाट २८ प्रतिशत वोनस सेयर प्रस्ताव गरेको छ । २८ प्रतिशत बोनस वितरण पश्चात बैंकको पूँजी करिब ४ अर्ब ९७ करोड ११ लाख रुपैयाँ पुग्नेछ ।

त्यस्तै बैंकले ९८४ रुपैयाँमा एफपीओ जारी गर्ने प्रस्ताव पनि धितोपत्र बोर्डमा लगेको छ । सो एफपिओपछि बैंकको चुक्ता पुँजीमा ६७ लाख रुपैयाँ बढेर चार अर्व ९७ करोड ७८ लाख रुपैयाँमा हुनेछ । बैंकले एफपिओ र बोनस सेयरपछिको चुक्ता पुजीको ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने छ ।

बैंकले प्रस्ताव गरेको बोनस एफपिओ र हकप्रद जारी गरेपश्चात बैंकको चुक्तापूँजी ६ अर्ब ९६ करोड रुपैयाँ पुग्नेछ। चालु आर्थिक बर्षको पहिलो तीन महिनामा  बैंकले ३५ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.