तत्काल साधारणसभा गर्न माग गर्दै टान सदस्यहरुको विरोध

  २०७३ मंसिर १२ गते १६:३३     विकासन्युज

taan_bulding_1काठमाण्डौ, १२ मंसिर । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान)मा समयमै सधारण सभा नभएको भन्दै सदस्यहरुले विरोध जनाएका छन् । विधानतः टानमा आर्थिक बर्ष सकिएको २ महिनाभित्रै साधारणसभा गर्ने उल्लेख गरिए पनि अझै साधारणसभा हुन नसक्नुले आशंका पैदा भएको र तत्कालै साधारण सभा गर्नुपर्ने माग राख्दै सदस्यहरुले विरोध गरेका हुन् ।

समयमै साधारण सभा नगरी समय थप गर्दै जानुले संस्थाको पारदर्शिता र व्यवस्थपनमा शंका लागि विरोध गर्नुपरेको टान आवद्ध सदस्य एवं पूर्वसचिव पासाङ शेर्पाले बताए । त्यस्तै टानका पूर्वसदस्य राजेन्द्र सापकोटाले पनि टानमा गैरकानुनी र अपारदर्शी गतिविधि बढ्दै गएको र यसको ढाकछोप गर्न साधारण सभाको मिति सार्ने काम भइरहेको बताए ।

साधारणसभा बिधानबमोजिम सम्पन्न गर्न नसक्ने र लापरबाही तवरले आफुखुशी टानलाई चलाउनु दुखद भएको पूर्व अध्यक्ष दिपक महतले बताए । उनले भने– ‘यसवाट टान नेतृत्वको असक्षमता प्रष्ट भएको छ ।’ यसले टानको आयस्रोत दुरुपयोग हुनेदेखि लिएर आन्तरी ब्यवस्थापनसमेत फितलो पारेको महतले दावी गरे ।

करिब १२ सय व्यवसायीहरुको छाता संगठन टानले समयमानै साधारणसभा गर्न नसक्नु सवै सदस्यहरुलाई गुमराहमा राखेजस्तै भएको पर्यटन व्यवसायी बोधराज भण्डारीको तर्क छ ।

उता टानका अध्यक्ष चन्द्र सिजालले केहि हदसम्म समयमै साधारण सभा गर्न नसकेको स्विकार गर्दै आन्तरीक तयारी र व्यवस्थापन भइरहेको जानकारी दिए । उनले यो साधारणसभा कुनै नेतृत्व चयन गर्नका लागि नभई कार्य प्रगति र आन्तरीक स्रोत ब्यवस्थापनबारे सदस्यहरुलाई जानकारी दिने भएकाले विरोधको अर्थ नरहेको बताए ।

रिजालले भने– ‘विगतको कार्यसमितीको पुर्ण लेखापरिक्षण नभएको कारण ढिला भएको हो ।’ सदस्यहरुलाई भ्रम नहोस भनेर आगामी डिसेम्वर २३ मा साधारण सभा गर्ने गरी जिल्ला प्रशासन कार्यलय काठमाडौंबाट स्वीकृती प्राप्त भएको रिजालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.