अदुवा निर्यात फेरि रोकियो, आठ प्रतिशतको अग्रीम राजस्व तिर्न आनाकानी

  २०७३ मंसिर ११ गते ८:०२     विकासन्युज

काठमाडौं ११, मंसिर भारतले फेरि अदुवा निर्यातमा रोक लगाएको छ । आयातकर्ताले बिहारिस्थित पटनाको स्थानिय भन्सार कार्यालयबाट आयात अगाडि नै पूर्वस्वीकृती लिनुपर्ने र त्यसको आठ प्रतिशत राजस्व अग्रिम भुक्तानी गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएका कारण नेपाली अदुवा निर्यातको बाटो अबरुद्ध भएको हो ।
Aduwa_11
गत भदौमा भारत सरकारले नेपालबाट निर्यात हुने चाइनिज अदुवामा आल्दिकार्व भन्ने विषादीको अवशेष भेटिएको भन्दै लामो समयसम्म नेपाली अदुवाको निर्यातमा रोक लगाएको थियो ।

नेपाल निर्यात तथा अदुवा व्यवसायी संघको पहलमा भारतले प्रयोगशालाबाटै नेपालमा नै उत्पादन भएको अदुवा परिक्षण गरेको थियो ।

सो परिक्षणबाट अदुवामा विषादी नभेटिएकोभन्दै अदुवा निर्यात खुला भएकोमा फेरि झन्झट दिन अदुवा निर्यातमा रोक लगाएको छ । अन्नपूर्ण पोस्टबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.