बाली तथा पंक्षी बिमा ८८ प्रतिशतले बृद्धि, सवैभन्दा बढी पशुबिमा

  २०७३ मंसिर १० गते १२:५१     विकासन्युज

काठमाडौं, १० मंसिर । बाली तथापंक्षी बिमा ८८ प्रतिशतले बृद्धि भएको छ । आर्थिक वर्ष २०७१/७२ मा बाली तथा पंक्षी बिमा तीन अर्व १८ करोड ६८ लाख रुपैयाँ बराबरको भएकोमा गत आर्थिक वर्षमा ५ अर्व ९९ करोड ७७ लाख रुपैयाँ बराबरको सो विमा भएको थियो ।
bima
बिमा समितिका अनुसार गत आर्थिक बर्षमा बालि बिमा १९८ प्रतिशतले बढेर ४३ करोड ८७ लाख रुपैयाँ पुगेको छ । सोही बिमा अघिल्लो आर्थिक बर्षमा १४ करोड ६९ लाख रुपैयाँ बराबरको मात्र भएको थियो ।

त्यस्तै आर्थिक वर्ष २०७१/७२ मा १६ करोड ८२ लाख ३३ हजार रुपैयाँ बराबरको माछा बिमा भएको थियो । तर गत आर्थिक वर्षमा सो विमा ७२ प्रतिशतले बृद्धि भएर २९ करोड ५८ हजार रुपैयाँ पुगेको छ ।

पशु बिमा तर्फ पनि आर्थिक वर्ष २०७१/७२ मा २ अर्व ४७ करोड ७७ लाख रुपैयाँ भएकोमा गत आर्थिक वर्षमा सो विमा ८९ प्रतिशतले बृद्धि भएर ४ अर्व ७० करोड ७५ लाख रुपैयाँ पुगेको छ ।

पंक्षी विमा पनि आर्थिक वर्ष २०७१/७२ मा ३९ करोड ३९ लाख रुपैयाँ बराबरको भएकोमा गत आर्थिक वर्षमा ४३ प्रतिशतले बृद्धि भइ ५६ करोड ४४ लाख ९० हजार रुपैयाँ पुगेको छ । विमा समितिका निर्देशक राजुरमण पौडेलका अनुसार २०७२ सालमा गएको भुकम्प पछि बाली तथा पंक्षी विमा गर्नेहरुको सङख्यामा बृद्धि भएको छ । बिमा नगरेका कारण कतिपय व्यक्तिहरुले आफ्नो सर्वस्व गुमाउन पुगेकोले पनि बिम गर्नेहरुको सङख्यामा बृद्धि भएको हो –पौडेलले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.