भारु साट्न सिमा घटाइयो, पढ्न र औषधोपचारका लागि २५ हजार मात्र पाउने

  २०७३ मंसिर ९ गते १५:०१     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैकले मनिचेन्जरलाई उपलब्ध गराउँदै आएको भारतीय रुपैयाँ (भारु) पूर्ण रुपमा बन्द गरेको छ । बजारमा भारुको माग ह्वात्तै बढ्दा व्यवस्थापन गर्न कठिन हुने भएपछि राष्ट्र बैंकले भारु व्यवस्थापनका लागि मनीचेन्जरलाई भारु दिन बन्द गरेको नेपाल राष्ट्र बैंकका सहप्रबक्ता राजेन्द्र पण्डितले जानकारी दिए । उनका अनुसार मनीचेन्जरहरुले राष्ट्र बैकबाट कुनै पनि दरका भारु सटही सुविधा पाउदैनन् । Nepal-Rastra-Bank
त्यस्तैगरी नेपाल राष्ट्र बैंकले साना दरको भारती रुपैयाँ (भारु) सटहीको सिमा घटाएको छ । केन्द्रिय बैंकले अवदेखि प्रत्येक व्यक्ति दुई हजारसम्म मात्र भारु साट्न पाउने भएका छन् । नागरिकताको आधारमा भने १० हजार प्रतिव्यक्ति साट्न पाउने व्यवस्था गरेको छ ।
यसअघि केन्द्रिय बैंकले लाइन बस्दा मात्र पनि प्रतिव्यक्ति पाँच हजारसम्म भारु सटहीको सुविधा दिएको थियो भने नागरिकताको आधारमा २५ हजार भारु साट्न सकिने व्यवस्था थियो । त्यस्तै भारतमा पढ्न र औषधोपचार गर्न जानेहरुले पनि २५ हजार रुपैयाँ मात्र भारु साट्न पाउनेछन् ।
यसअघि राष्ट्र बैंकले पढ्न र औषधोपचार गर्न जाने प्रमाण भएको खण्डमा ५० हजार भारु उपलव्ध गराउदै आएको थियो ।
राष्ट्र बैंकले ५० हजार भारुमध्ये २५ हजार नगद र बाँकी २५ हजार सम्बन्धित अस्पताल तथा कलेजलाई भुक्तानी गरिदिन्थ्यो । अब प्रयोजन खुल्दा पनि २५ हजार नगद मात्र उपलब्ध गराउने छ । अस्पतालाई भुक्तानी गरिदिँदैन। ठूला दरका भारु प्रतिबन्ध भएपछि भारतमा नै सानो दरका भारु पाउन छाडेकोले भारत जान लागेकाहरुले १०० दरका भारु साट्न लाइन बस्न थालेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.